दसैँको चहलपहल बढेसँगै काठमाडौंका खुला बजारमा ग्राहकको भीड
१८ असोज २०८३ · 👁 159 पटक पढिएको
काठमाडौं– बडादसैँ नजिकिएसँगै काठमाडौंका भृकुटीमण्डप, असन, इन्द्रचोक, न्यूरोड, सुन्धारा लगायतका खुला बजारमा ग्राहकको चहलपहल बढेको छ।
दसैँका लागि नयाँ कपडा तथा आवश्यक सामग्री खरिद गर्ने ग्राहकको सङ्ख्या बढेपछि व्यापारीहरूलाई समेत भ्याइनभ्याइ भएको छ। विशेषगरी बालबालिका, महिला तथा पुरुषका लागि कपडा, ज्याकेट, स्विटर, ट्र्याकसुट र हुडी खरिद गर्ने ग्राहक बढेका छन्।
व्यापारीहरूका अनुसार सपिङ मल तथा ठूला व्यापारिक केन्द्रको तुलनामा खुला बजारमा केही सस्तोमा सामान पाइने भएकाले सीमित आम्दानी भएका परिवारको रोजाइमा यस्ता बजार पर्ने गरेका छन्।
दसैँका लागि व्यापारीहरूले विभिन्न डिजाइन, रङ र मूल्यका सामानको मौज्दात बढाएका छन्। चाडपर्व नजिकिँदै जाँदा काठमाडौं उपत्यकाका बजारमा ग्राहकको चाप अझ बढ्ने व्यवसायीहरूको अपेक्षा छ।