जनकपुरमा चक्कु प्रहारबाट एक युवकको मृत्यु, अर्काे गम्भीर घाइते
२२ असोज २०८३ · 👁 65 पटक पढिएको
जनकपुरमा चक्कु प्रहारबाट एक युवकको मृत्यु, अर्काे गम्भीर घाइते
जनकपुरधाम । धनुषाको जनकपुरधाममा धारिलो हतियार (चक्कु) प्रहारबाट एक युवकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।
जनकपुरधाम उपमहानगरपालिका–५, रहिमपथ नजिकै बुधबार साँझ करिब ७ः१० बजे पुरानो रिसइबीका कारण विवाद हुँदा चक्कु प्रहार भएको प्रहरीले जनाएको छ ।
चक्कु प्रहारबाट सोही स्थानका २४ वर्षीय आमिन साफी र २५ वर्षीय इम्तियाज राइन घाइते भएका थिए । दुवैलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएकोमा चिकित्सकले आमिन साफीलाई साँझ ७ः१५ बजे मृत घोषणा गरेका थिए ।
मृतकको शव अस्पतालको शवगृहमा राखिएको छ । गम्भीर घाइते इम्तियाज राइनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रहेको आरोपमा जनकपुरधाम–५ कै २२ वर्षीय मोहम्मद इर्साद खानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रारम्भिक अनुसन्धानअनुसार पुरानो रिसइबीका कारण घटना भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।