The Highlights Nepal
THE HIGHLIGHTS NEPALद हाइलाइट्स नेपाल
· काठमाडौं 23°C
ब्रेकिङ
काँग्रेस ‘२.o’ को आवरणमा १८ करोडको वि*वाद ! गगनमाथि अमरेशको प्र*हार: ‘जनतालाई भाषण होइन, हिसाब चाहियो !’  •  रुपल जैसवार राष्ट्रिय बजरंग दलको पर्सा जिल्ला अध्यक्षमा नियुक्त  •  हिन्दू स्वयंसेवक संघ नेपालको आयोजनामा सञ्चालित ७ दिने आवासीय प्राथमिक शिक्षा वर्ग २०८३ को समापन कार्यक्रम वीरगन्जमा भव्य रूपमा सम्पन्न भएको छ ।  •  अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादले सखुवाप्रसौनीमा तलब संकट, शिक्षकदेखि कर्मचारीसम्म दसैँमा पारिश्रमिकविहीन  •  बहाना अनेक, गन्तव्य दिल्ली: रास्वपा नेताहरूको गुप्त दौडाहामा के पाक्दैछ खिचडी?  • 
विज्ञापन2
राष्ट्रिय

हिन्दू स्वयंसेवक संघ नेपालको आयोजनामा सञ्चालित ७ दिने आवासीय प्राथमिक शिक्षा वर्ग २०८३ को समापन कार्यक्रम वीरगन्जमा भव्य रूपमा सम्पन्न भएको छ ।

१२ कात्तिक २०८३ · 👁 43 पटक पढिएको
1Shares
f
हिन्दू स्वयंसेवक संघ नेपालको आयोजनामा सञ्चालित ७ दिने आवासीय प्राथमिक शिक्षा वर्ग २०८३ को समापन कार्यक्रम वीरगन्जमा भव्य रूपमा सम्पन्न भएको छ ।

वीरगन्ज । हिन्दू स्वयंसेवक संघ नेपालको आयोजनामा सञ्चालित ७ दिने आवासीय प्राथमिक शिक्षा वर्ग २०८३ को समापन कार्यक्रम वीरगन्जमा भव्य रूपमा सम्पन्न भएको छ ।


गत सात दिनदेखि सञ्चालित शिविरमा सहभागी स्वयंसेवकहरूले तालिमका क्रममा हासिल गरेका शारीरिक, मानसिक एवं बौद्धिक अनुशासनका विभिन्न कौशल तथा अभ्यासहरूको रोमाञ्चक झलक प्रस्तुत गरेका थिए ।


कार्यक्रममा माननीय विभाग सञ्चालक अशोक बैद्य, माननीय जिल्ला सञ्चालक माधव राजपाल, नगर सञ्चालक प्रेम कुशवाहा, वीरगन्ज भिस्वा गुम्बाका प्रतिनिधि र राष्ट्रिय सह-कार्यवाह रन्जित सराफ लगायत विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।


अनुशासित प्रदर्शन र झाँकी पश्चात् स्वयंसेवक सहभागीहरूले वीरगन्ज महानगरपालिकाका विभिन्न मुख्य स्थानहरूमा भव्य र्याली निकालेका थिए । बजार तथा नगरका प्रमुख मार्गहरू परिक्रमा गर्दै निकालिएको उक्त र्यालीसँगै कार्यक्रमको औपचारिक समापन गरिएको थियो ।


समापन समारोहलाई सम्बोधन गर्दै सहभागी वक्ताहरूले पछिल्लो समय हिन्दू धर्म र संस्कृतिमाथि विभिन्न माध्यमबाट प्रहार भइरहेको भन्दै चिन्ता व्यक्त गरे । वक्ताहरूले सम्पूर्ण नेपालीहरूले नेपाल र हिन्दू धर्मको सम्मान गर्नुपर्नेमा जोड दिँदै अब नेपाल पुनः हिन्दू राष्ट्र बन्ने विश्वास व्यक्त गरेका थिए ।

सम्बन्धित समाचार

धरानमा हवाई फायर गरी २ सय ९ किलो गाँजासहित पाँच जना पक्राउ
काँग्रेस ‘२.o’ को आवरणमा १८ करोडको वि*वाद ! गगनमाथि अमरेशको प्र*हार: ‘जनतालाई भाषण होइन, हिसाब चाहियो !’
मोज्तबा खामेनेईको कडा चेतावनी: अमेरिकी र इजरायली निशानामाथि तत्काल आक्रमण गर्न इरानी कमाण्डरहरूलाई निर्देशन
बाराको फेटा घटना: एसएसपी ढकालको नेतृत्वमा छानबिन समिति गठन, इन्स्पेक्टर लामाको जिम्मेवारी खोसियो