The Highlights Nepal
THE HIGHLIGHTS NEPALद हाइलाइट्स नेपाल
· काठमाडौं 23°C
ब्रेकिङ
काँग्रेस ‘२.o’ को आवरणमा १८ करोडको वि*वाद ! गगनमाथि अमरेशको प्र*हार: ‘जनतालाई भाषण होइन, हिसाब चाहियो !’  •  रुपल जैसवार राष्ट्रिय बजरंग दलको पर्सा जिल्ला अध्यक्षमा नियुक्त  •  हिन्दू स्वयंसेवक संघ नेपालको आयोजनामा सञ्चालित ७ दिने आवासीय प्राथमिक शिक्षा वर्ग २०८३ को समापन कार्यक्रम वीरगन्जमा भव्य रूपमा सम्पन्न भएको छ ।  •  अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादले सखुवाप्रसौनीमा तलब संकट, शिक्षकदेखि कर्मचारीसम्म दसैँमा पारिश्रमिकविहीन  •  बहाना अनेक, गन्तव्य दिल्ली: रास्वपा नेताहरूको गुप्त दौडाहामा के पाक्दैछ खिचडी?  • 
विज्ञापन2
राष्ट्रिय प्रदेश

अमरेशकुमार सिंहद्वारा बिन्दबासिनी मन्दिरमा पूजाआजा तथा पर्सा विभिन्न नगर र पालिकामा जनभेटघाट

१९ असोज २०८३ · 👁 462 पटक पढिएको
0Shares
f
अमरेशकुमार सिंहद्वारा बिन्दबासिनी मन्दिरमा पूजाआजा तथा पर्सा विभिन्न  नगर र पालिकामा जनभेटघाट

अमरेशकुमार सिंहद्वारा बिन्दबासिनी मन्दिरमा पूजाआजा तथा पर्सा विभिन्न नगर र पालिकामा जनभेटघाट

बिरगंज, पर्सा —
सर्लाही क्षेत्र नम्बर–४ का प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले पर्साको पोखरिया नगरपालिका, बिन्दबासिनी गाउँपालिका, बहुदरमाई नगरपालिका तथा ठोरी गाउँपालिकालगायतका क्षेत्रमा स्थानीय नागरिकहरूसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्नुभएको छ।

सांसद सिंहले आज प्रसिद्ध माता बिन्दबासिनी मन्दिरमा पुगेर पूजाआजा गर्नुभएको थियो। त्यसपछि बहुदरमाई नगरपालिका हुँदै डोकैला–बहुवरी चोकमा पुगेर उहाँले स्थानीय जनतासँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गर्नुभएको हो।

पर्सा क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा सदस्य रामकान्त चौरसियाको विशेष उपस्थितिमा आयोजित कार्यक्रममा सांसद सिंहले विभिन्न स्थानीय तहका बासिन्दाहरूसँग आत्मीय भेटघाट गर्दै उनीहरूका समस्या, आवश्यकता तथा जनसरोकारका विषयमा गहन छलफल गर्नुभएको छ।

कार्यक्रमका क्रममा बोल्दै सांसद सिंहले जनताका समस्या प्रत्यक्ष रूपमा सुन्ने, स्थानीय वस्तुस्थितिबारे जानकारी लिने र नागरिकसँग निरन्तर संवाद कायम राख्ने उद्देश्यले यो भेटघाट आयोजना गरिएको बताउनुभयो।

अन्तरक्रियाका क्रममा पोखरिया, बिन्दबासिनी, बहुदरमाई र ठोरी क्षेत्रका स्थानीय समस्या समाधानका लागि जनप्रतिनिधि र नागरिकबीच निरन्तर सहकार्य र समन्वय आवश्यक रहेकोमा जोड दिइएको थियो। यस्ता प्रत्यक्ष संवादले नागरिकका वास्तविक समस्या पहिचान गरी दीर्घकालीन समाधानका लागि पहल गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ।

सम्बन्धित समाचार

धरानमा हवाई फायर गरी २ सय ९ किलो गाँजासहित पाँच जना पक्राउ
काँग्रेस ‘२.o’ को आवरणमा १८ करोडको वि*वाद ! गगनमाथि अमरेशको प्र*हार: ‘जनतालाई भाषण होइन, हिसाब चाहियो !’
मोज्तबा खामेनेईको कडा चेतावनी: अमेरिकी र इजरायली निशानामाथि तत्काल आक्रमण गर्न इरानी कमाण्डरहरूलाई निर्देशन
बाराको फेटा घटना: एसएसपी ढकालको नेतृत्वमा छानबिन समिति गठन, इन्स्पेक्टर लामाको जिम्मेवारी खोसियो