गहवा माईलाई १५१ मिटरको चुनरी चढाइँदै, असोज २५ गते विशेष पूजा 👏
१८ असोज २०८३ · 👁 453 पटक पढिएको
वीरगञ्जस्थित प्रसिद्ध धार्मिकस्थल गहवा माईलाई १५१ मिटर लामो चुनरी चढाउने धार्मिक कार्यक्रम आयोजना हुने भएको छ। विश्व हिन्दू परिषद् नेपाल, वीरगञ्ज महानगर समितिको आयोजनामा उक्त चुनरी यात्रा हुन लागेको हो।
आयोजकका अनुसार २०८३ साल असोज २५ गते दिउँसो २ बजे गहवा माईको विशेष दिनका अवसरमा १५१ मिटर लामो चुनरी चढाउने कार्यक्रम राखिएको छ। कार्यक्रममा वीरगञ्जवासी तथा मातरानीका भक्तजनलाई सहभागी हुन आयोजकले हार्दिक निमन्त्रणा गरेको छ।
आयोजक समितिले दिएको जानकारीअनुसार चुनरी यात्राका लागि अब ७ दिन मात्र बाँकी रहेको छ। धार्मिक तथा सांस्कृतिक आस्थासँग जोडिएको उक्त कार्यक्रममा ठूलो संख्यामा भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको छ।
विश्व हिन्दू परिषद् नेपाल, वीरगञ्ज महानगर समितिले सम्पूर्ण वीरगञ्जवासी तथा माताका भक्तजनलाई कार्यक्रममा सहभागी भई धार्मिक यात्रालाई सफल बनाउन आग्रह गरेको छ।
#gahwamai mela#gahwa mai#matarani#nawratri