दीपावलीका दिन आदर्शनगर चोकमा विशेष मेला लाग्ने, आकर्षक सजावटदेखि फुड स्टल र पिङसम्मको व्यवस्था रहने
१९ कात्तिक २०८३ · 👁 106 पटक पढिएको
वीरगञ्ज।
हिन्दू धर्मावलम्बीहरूको महान पर्व तिहार तथा छठको अवसरमा वीरगञ्ज महानगरपालिका र ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा दीपावलीका दिन वीरगञ्जको आदर्शनगर चोकमा एक विशेष मेलाको आयोजना हुन गइरहेको छ।
चाडपर्वको अवसरमा नगरवासी तथा बाहिरबाट आउने मानिसहरूलाई मनोरञ्जन प्रदान गर्नुका साथै नेपाली संस्कृति, परम्परा र सामाजिक सद्भावको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले यो मेला लगाउन लागिएको हो।
मेलालाई सभ्य, भव्य, व्यवस्थित र सुरक्षित रूपमा सम्पन्न गराउने तयारीको सिलसिलामा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा विशेष बैठक बस्यो। बैठकमा मेलाको व्यवस्थापन, सुरक्षा, ट्राफिक नियन्त्रण, सरसफाइ र आगन्तुकहरूको सुविधा लगायत विभिन्न विषयमा विस्तारपूर्वक छलफल भयो




