मलेसियामा श्रमिकको न्यूनतम तलब २ हजार रिंगिट बनाइने, ४० लाख बढी श्रमिक लाभान्वित हुने
२३ असोज २०८३ · 👁 62 पटक पढिएको
मलेसियामा श्रमिकको न्यूनतम तलब २ हजार रिंगिट बनाइने, ४० लाख बढी श्रमिक लाभान्वित हुने
बिरगंज — मलेसिया सरकारले श्रमिकहरूको न्यूनतम पारिश्रमिक बढाएर मासिक दुई हजार मलेसियन रिंगिट पुर्याउने निर्णय गरेको छ। प्रधानमन्त्री दतुक सिरी अनवर इब्राहिमका अनुसार नयाँ न्यूनतम तलब ढाँचा आगामी २०२७ देखि लागू हुनेछ।
श्रमिकहरूको योग्यता, सीप र योगदानका आधारमा पारिश्रमिकमा सुधार ल्याउने सरकारी नीतिको एक भागका रूपमा यो निर्णय लिइएको हो। यसअघि मलेसियामा श्रमिकको न्यूनतम तलब १७०० रिंगिट निर्धारण गरिएको थियो। तलब वृद्धि गर्ने सरकारको यो कदमबाट ४० लाखभन्दा बढी श्रमिकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने मलेसियाली सरकारले जनाएको छ।
यसैगरी, दक्ष (सीपालु) कामदारहरूको मनोबल उच्च राख्न र उनीहरूको दक्षताको उचित कदर गर्नका लागि दक्ष श्रमिकको न्यूनतम तलब भने २५ सय रिंगिट पुर्याइने प्रधानमन्त्री इब्राहिमले स्पष्ट पारेका छन्।
मलेसियामा ठूलो संख्यामा नेपाली वैदेशिक रोजगारीका लागि कार्यरत रहेकाले सरकारको यस निर्णयबाट त्यहाँ रहेका नेपाली श्रमिकहरूलाई पनि प्रत्यक्ष राहत पुग्ने अपेक्षा गरिएको छ।