केरालाको कोल्लममा नवविवाहिता महिलामाथि बर्बर यातना: पेसर कुकरले टाउकोमा प्रहार, पेट र संवेदनशील अङ्गमा कुटपिट
१८ असोज २०८३ · 👁 223 पटक पढिएको
भारतको केराला राज्यस्थित कोल्लम जिल्लामा एक नवविवाहिता महिलामाथि अमानवीय घरेलु हिंसा र बर्बर यातनाको दर्दनाक घटना सार्वजनिक भएको छ। विवाह भएको केही समयमै ती महिलामाथि घरभित्रै पासविक ढङ्गले शारीरिक आक्रमण गरिएको हो।
प्राप्त विवरण अनुसार, पीडित महिलामाथि पेटको तल्लो भागमा लात्तीले हान्नुका साथै भान्सामा प्रयोग हुने पेसर कुकरले टाउकोमा साघातिक प्रहार गरिएको थियो। यति मात्र नभई उनलाई संवेदनशील अङ्गहरूमा समेत गम्भीर कुटपिट गरी अचेत अवस्थामा पुर्याइएको थियो।
यातनाका कारण गम्भीर घाइते भएकी महिलालाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ। घटनाबारे जानकारी पाएलगत्तै प्रहरीले मुद्दा दर्ता गरी संलग्न आरोपीहरूलाई नियन्त्रणमा लिन र घटनाको थप अनुसन्धान गर्न प्रक्रिया अघि बढाएको छ। यस घटनाले स्थानीय क्षेत्रमा तीव्र आक्रोश र स्तब्धता पैदा गरेको छ।