The Highlights Nepal
THE HIGHLIGHTS NEPALद हाइलाइट्स नेपाल
· काठमाडौं 23°C
ब्रेकिङ
काँग्रेस ‘२.o’ को आवरणमा १८ करोडको वि*वाद ! गगनमाथि अमरेशको प्र*हार: ‘जनतालाई भाषण होइन, हिसाब चाहियो !’  •  रुपल जैसवार राष्ट्रिय बजरंग दलको पर्सा जिल्ला अध्यक्षमा नियुक्त  •  हिन्दू स्वयंसेवक संघ नेपालको आयोजनामा सञ्चालित ७ दिने आवासीय प्राथमिक शिक्षा वर्ग २०८३ को समापन कार्यक्रम वीरगन्जमा भव्य रूपमा सम्पन्न भएको छ ।  •  अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादले सखुवाप्रसौनीमा तलब संकट, शिक्षकदेखि कर्मचारीसम्म दसैँमा पारिश्रमिकविहीन  •  बहाना अनेक, गन्तव्य दिल्ली: रास्वपा नेताहरूको गुप्त दौडाहामा के पाक्दैछ खिचडी?  • 
विज्ञापन2
विश्व

फ्लाइदुबई ककपिट आक्रमण: दुबईका क्राउन प्रिन्सद्वारा भारतीय पाइलट स्मित मच्छारको साहसको प्रशंसा

१७ असोज २०८३ · 👁 222 पटक पढिएको
0Shares
f
फ्लाइदुबई ककपिट आक्रमण: दुबईका क्राउन प्रिन्सद्वारा भारतीय पाइलट स्मित मच्छारको साहसको प्रशंसा

फ्लाइदुबईको विमानमा मध्यआकाशमै ककपिटभित्र भएको आक्रमणलाई असफल बनाउँदै सयौँ यात्रुको ज्यान जोगाउन सफल भारतीय पाइलट कप्तान स्मित मच्छार (Smit Machchhar) सँग दुबईका क्राउन प्रिन्स शेख हमदान बिन मोहम्मद बिन रसिद अल मक्तुमले भेटघाट गरेका छन्। युएईका उपप्रधानमन्त्री तथा रक्षा मन्त्री समेत रहेका क्राउन प्रिन्सले अस्पतालमा उपचाररत मच्छारलाई भेटेर उनको अदम्य साहसको खुलेर प्रशंसा गरेका हुन्।

​द दुबईबाट तेल अभिव (इजरायल) का लागि उडेको फ्लाइदुबईको उडान FZ1073 मा सह-पाइलटले अचानक कप्तान मच्छारमाथि साघातिक आक्रमण गरेका थिए। गम्भीर घाइते भएता पनि हिम्मत नहारी कप्तान मच्छारले ककपिटको ढोका खोल्न सफल भएका थिए, जसका कारण चालक दलका सदस्य र यात्रुहरू भित्र छिरेर आक्रमणकारीलाई नियन्त्रणमा लिन सफल भए।

​आक्रमणका क्रममा साउदी अरबको आकाशमा विमान द्रुत गतिमा १४,००० फिटभन्दा बढी तल खसेको थियो। तर, मच्छारको तत्परता र यात्रु/चालक दलको सहयोगका कारण विमानलाई साउदी अरबको ताबुक विमानस्थलमा सुरक्षित रूपमा आपत्कालीन अवतरण गराइयो।

​द दुबईका क्राउन प्रिन्सले कप्तान मच्छारले मानव जीवनको रक्षाका लागि देखाएको उत्तरदायित्व र कर्तव्यनिष्ठाको प्रशंसा गरेका छन्। यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि मच्छारसँग भिडियो कलमा कुराकानी गर्दै उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए। हाल मच्छारको अबु धाबीस्थित अस्पतालमा उपचार भइरहेको छ र उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ।

सम्बन्धित समाचार

अमेरिकामा आज मध्यावधि निर्वाचन, मत सर्वेक्षणमा डेमोक्रयाटले जित्ने संकेत
iPhone लाई टक्कर दिने OPPO को नयाँ अस्त्र! Find X10 Pro Max मा ३ वटा 200MP क्यामेरा, 8000mAh ब्याट्री र दमदार फिचर
स्पेनमा भीषण रेल दुर्घटना: दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किँदा ६९ जनाको मृत्यु, सयौँ घाइते!
इजरायलको चुनावमा राजनीतिक गतिरोध, नेतान्याहू र विपक्षी दुवैलाई सरकार बनाउन कठिन