The Highlights Nepal
THE HIGHLIGHTS NEPALद हाइलाइट्स नेपाल
· काठमाडौं 23°C
ब्रेकिङ
काँग्रेस ‘२.o’ को आवरणमा १८ करोडको वि*वाद ! गगनमाथि अमरेशको प्र*हार: ‘जनतालाई भाषण होइन, हिसाब चाहियो !’  •  रुपल जैसवार राष्ट्रिय बजरंग दलको पर्सा जिल्ला अध्यक्षमा नियुक्त  •  हिन्दू स्वयंसेवक संघ नेपालको आयोजनामा सञ्चालित ७ दिने आवासीय प्राथमिक शिक्षा वर्ग २०८३ को समापन कार्यक्रम वीरगन्जमा भव्य रूपमा सम्पन्न भएको छ ।  •  अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादले सखुवाप्रसौनीमा तलब संकट, शिक्षकदेखि कर्मचारीसम्म दसैँमा पारिश्रमिकविहीन  •  बहाना अनेक, गन्तव्य दिल्ली: रास्वपा नेताहरूको गुप्त दौडाहामा के पाक्दैछ खिचडी?  • 
विज्ञापन2
राष्ट्रिय स्वास्थ्य

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब (Cath Lab) सेवाको उद्घाटन गरेकी छन्।

२३ असोज २०८३ · 👁 52 पटक पढिएको
0Shares
f
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब (Cath Lab) सेवाको उद्घाटन गरेकी छन्।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु, मुटु रोगीलाई उपचारमा सहज हुने

दाङ — स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब (Cath Lab) सेवाको उद्घाटन गरेकी छन्। प्रतिष्ठानको नवौँ वार्षिकोत्सवको अवसर पारेर उनले उक्त सेवाको औपचारिक शुभारम्भ गरेकी हुन्।

क्याथ ल्याब सेवा सञ्चालनमा आएसँगै अब प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको विशिष्टकृत परीक्षण तथा उपचार सेवा थप विस्तार हुनेछ। यसबाट दाङका साथै आसपासका छिमेकी जिल्लाका नागरिकहरूलाई मुटुको उपचारका लागि काठमाडौँ वा अन्य टाढाका अस्पतालहरूमा धाउनुपर्ने सास्ती र बाध्यता हट्ने विश्वास लिइएको छ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री मेहताले क्याथ ल्याब सेवाको विस्तारले यस क्षेत्रको समग्र स्वास्थ्य सेवा प्रणालीमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताइन्। प्रतिष्ठानको सेवालाई अझ प्रभावकारी, गुणस्तरीय र जनमुखी बनाउँदै स्थानीय तहमै नागरिकलाई सहज रूपमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्नेमा उनले जोड दिइन्।

कार्यक्रममा प्रतिष्ठानलाई ४०० शय्याको सुविधासम्पन्न अस्पतालका रूपमा विकास गर्ने विषयमा समेत गहन छलफल भएको थियो। मन्त्री मेहताले प्रतिष्ठानको भावी सेवा विस्तार, स्तरोन्नति र पूर्वाधार विकासका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका तर्फबाट पूर्ण सहयोग र आवश्यक समन्वय रहने प्रतिबद्धता व्यक्त गरिन्।

सम्बन्धित समाचार

धरानमा हवाई फायर गरी २ सय ९ किलो गाँजासहित पाँच जना पक्राउ
काँग्रेस ‘२.o’ को आवरणमा १८ करोडको वि*वाद ! गगनमाथि अमरेशको प्र*हार: ‘जनतालाई भाषण होइन, हिसाब चाहियो !’
मोज्तबा खामेनेईको कडा चेतावनी: अमेरिकी र इजरायली निशानामाथि तत्काल आक्रमण गर्न इरानी कमाण्डरहरूलाई निर्देशन
बाराको फेटा घटना: एसएसपी ढकालको नेतृत्वमा छानबिन समिति गठन, इन्स्पेक्टर लामाको जिम्मेवारी खोसियो