एमाले केन्द्रीय सदस्य एवं वीरगञ्जका पूर्वमेयर विजय सरावगीले लिए रास्वपाको सदस्यता
२३ असोज २०८३ · 👁 60 पटक पढिएको
एमाले केन्द्रीय सदस्य एवं वीरगञ्जका पूर्वमेयर विजय सरावगीले लिए रास्वपाको सदस्यता
वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाका पूर्वमेयर एवं नेकपा एमालेका निर्वाचित केन्द्रीय सदस्य विजयकुमार सरावगीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सदस्यता लिएका छन्। सरावगीले अनलाइन प्रणालीमार्फत रास्वपाको साधारण सदस्यता लिने प्रक्रिया पूरा गरेका हुन्।
सार्वजनिक विवरण अनुसार उनको नाम रास्वपाको सदस्य सूचीमा समावेश छ भने पार्टी सदस्य आईडी PRS1ख-000435776 रहेको छ। उक्त सदस्यता ‘centeroffice1’ बाट प्रमाणीकरण भएको देखिन्छ।
नेकपा एमालेका केन्द्रीय सदस्य सरावगी रास्वपामा प्रवेश गर्न लागेको चर्चा चलिरहेका बेला उहाँले रास्वपाको अनलाइन सदस्यता लिइसकेको विवरण बाहिर आएको हो।