दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ दल’ दर्ता, चुनाव चिह्न ‘परिवारसहितको घर’
२२ असोज २०८३ · 👁 55 पटक पढिएको
दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ दल’ दर्ता, चुनाव चिह्न ‘परिवारसहितको घर’
काठमाडौं। मेडिकल व्यवसायी तथा सामाजिक अभियन्ता दुर्गा प्रसाईंले नयाँ राजनीतिक दल गठन गरेका छन्। उनको नेतृत्वमा ‘नेपाल पथ दल’ निर्वाचन आयोगमा औपचारिक रूपमा दर्ता भई प्रमाणपत्रसमेत प्राप्त भइसकेको छ।
प्रसाईंले लामो समयदेखि ‘नागरिक बचाउ महाअभियान’को नेतृत्व गर्दै आएका थिए। गत फागुनको निर्वाचनअघि सोही महाअभियानलाई ‘नागरिक बचाउ दल’का रूपमा निर्वाचन आयोगमा दर्ता गरिएको थियो।
त्यसबेलै सो दलको अध्यक्ष माधवप्रसाद खतिवडा रहेका थिए। अहिले सोही नागरिक बचाउ दलको नाम संशोधन गरेर ‘नेपाल पथ दल’ राखिएको र नाम संशोधन भई आयोगबाट प्रमाणपत्र प्राप्त भइसकेको खतिवडाले जानकारी दिएका छन्।
यसअघि दुर्गा प्रसाईंले राप्रपाबाट बाहिरिएका डा. धवलशमशेर राणासँग मिलेर ‘जय नेपाल पार्टी’ गठन गर्ने तयारी गरेका थिए। तर, केही सैद्धान्तिक तथा सांगठनिक विषयमा सहमति जुट्न नसकेपछि अन्तिम समयमा प्रसाईं सो प्रयासबाट पछि हटेका थिए।
हाल जय नेपाल दल निर्वाचन आयोगमा दर्ताको प्रक्रियामा रहेको छ भने प्रसाईंले भने ‘नेपाल पथ दल’को प्रमाणपत्र हात पारिसकेका छन्। आयोगका अनुसार नयाँ दलको चुनाव चिह्न ‘परिवारसहितको घर’ रहेको छ।