रास्वपाको ‘हामी आउँदै छौँ’ अभियान: रौतहट क्षेत्र नं. ४ मा सुशील साह कानु , सीताराम साह र जुली यादवको उपस्थितिमा भव्य छलफल सम्पन्न
२२ असोज २०८३ · 👁 405 पटक पढिएको
रास्वपाको ‘हामी आउँदै छौँ’ अभियान: रौतहट क्षेत्र नं. ४ मा सुशील साह कानु , सीताराम साह र जुली यादवको उपस्थितिमा भव्य छलफल सम्पन्न
गौर, रौतहट:
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा सञ्चालित ‘हामी आउँदै छौँ’ अभियानअन्तर्गत रौतहट क्षेत्र नं. ४ मा वृहत भेटघाट तथा अन्तरक्रिया कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।
उक्त महत्वपूर्ण कार्यक्रममा रास्वपाका केन्द्रीय तथा क्षेत्रीय नेताहरू सुशिल कुमार कानु, सीताराम साह र जुली यादवको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा चन्द्रपुर, वृन्दावन, गढीमाई र गरुडा नगरपालिकाका स्थानीय जनप्रतिनिधि, पार्टीका नेता-कार्यकर्ता तथा आम नागरिकहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै नेताहरूले पार्टीको संगठन सुदृढीकरण, भावी कार्यदिशा र आगामी स्थानीय निर्वाचनको रणनीतिक तयारीका विषयमा गहन छलफल गरेका थिए। सो क्रममा ६ हजार ५ सय २४ जना बचतकर्ताको सहकारी रकम फिर्ता गराउन भएका प्रयास र स्थानीय तहमा सुशासन कायम गर्ने विषयलाई प्राथमिकताका साथ उठाइएको थियो।