नेपाली सेनाले डीडीसीबाट दैनिक १० हजार लिटर दूध किन्ने
२१ असोज २०८३ · 👁 259 पटक पढिएको
काठमाडौँ। नेपाली सेनाले सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी)बाट दैनिक १० हजार २५१ लिटर प्रशोधित दूध खरिद गर्ने भएको छ।
दुवै संस्थाबिच भएको खरिद सम्झौता अनुसार सेनाले दूधका साथै दैनिक ३६५ किलो दही, ३७ किलो पनिर, २१ किलो होल मिल्क पाउडर र १५ किलो चिजसमेत खरिद गर्नेछ। सम्झौतापत्रमा डीडीसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डे र नेपाली सेनाको आपूर्ति तथा परिवहन निर्देशनालयका सहायक रथी सञ्जयकुमार रञ्जितले हस्ताक्षर गरेका हुन्।
आगामी आगामी १ माघदेखि लागू हुने यो सम्झौताले नेपाली सेनाका ३२ जिल्लाका ब्यारेक तथा युनिटहरूमा गुणस्तरीय दुग्धजन्य पदार्थको नियमित आपूर्ति सुनिश्चित गर्ने र स्वदेशी दुग्ध उत्पादनको खपत बढाउन सहयोग पुग्ने विश्वास लिइएको छ।