The Highlights Nepal
THE HIGHLIGHTS NEPALद हाइलाइट्स नेपाल
· काठमाडौं 23°C
ब्रेकिङ
काँग्रेस ‘२.o’ को आवरणमा १८ करोडको वि*वाद ! गगनमाथि अमरेशको प्र*हार: ‘जनतालाई भाषण होइन, हिसाब चाहियो !’  •  रुपल जैसवार राष्ट्रिय बजरंग दलको पर्सा जिल्ला अध्यक्षमा नियुक्त  •  हिन्दू स्वयंसेवक संघ नेपालको आयोजनामा सञ्चालित ७ दिने आवासीय प्राथमिक शिक्षा वर्ग २०८३ को समापन कार्यक्रम वीरगन्जमा भव्य रूपमा सम्पन्न भएको छ ।  •  अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादले सखुवाप्रसौनीमा तलब संकट, शिक्षकदेखि कर्मचारीसम्म दसैँमा पारिश्रमिकविहीन  •  बहाना अनेक, गन्तव्य दिल्ली: रास्वपा नेताहरूको गुप्त दौडाहामा के पाक्दैछ खिचडी?  • 
विज्ञापन2
राष्ट्रिय

हेटौँडाबाट स्रोत नखुलेको २१ लाख ४० हजार नगदसहित दुई जना पक्राउ

२० असोज २०८३ · 👁 210 पटक पढिएको
0Shares
f
हेटौँडाबाट स्रोत नखुलेको २१ लाख ४० हजार नगदसहित दुई जना पक्राउ

हेटौँडा, मकवानपुर — स्रोत नखुलेको २१ लाख ४० हजार रुपैयाँ नगदसहित दुई जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ। हेटौँडा उपमहानगरपालिका–१ स्थिति चौकीटोलबाट सोमबार साँझ उनीहरूलाई सशस्त्र प्रहरी बलको टोलीले पक्राउ गरेको हो।
​पक्राउ पर्नेहरूमा लुम्बिनी प्रदेश ०१–००१ च ०२०९ नम्बरको इसुजु डिम्याक्स गाडीका चालक, धादिङ नीलकण्ठ नगरपालिका–८ का ३२ वर्षीय विजय खाती र गाडीमा सवार मकवानपुर राक्सिराङ गाउँपालिका–१ का ४० वर्षीय सिंहराम रुम्बा रहेका छन्।
​वीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको उक्त गाडीलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गण हेडक्वार्टर मकवानपुरको गस्ती टोलीले हेटौँडा–भीमफेदी सडकखण्डमा रोकेर जाँच गरेको थियो। सोही क्रममा गाडीभित्र कालो प्लास्टिकको झोलामा लुकाई राखिएको अवस्थामा १ हजार र ५ सय दरका नेपाली नोट फेला परेको प्रहरीले जनाएको छ।
​बरामद रकम, गाडी र नियन्त्रणमा लिइएका दुवै जनालाई थप कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको छ। उनीहरूमाथि नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गत मुद्दा दर्ता गरी मकवानपुर जिल्ला अदालतबाट १५ दिनको हिरासत म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

धरानमा हवाई फायर गरी २ सय ९ किलो गाँजासहित पाँच जना पक्राउ
काँग्रेस ‘२.o’ को आवरणमा १८ करोडको वि*वाद ! गगनमाथि अमरेशको प्र*हार: ‘जनतालाई भाषण होइन, हिसाब चाहियो !’
मोज्तबा खामेनेईको कडा चेतावनी: अमेरिकी र इजरायली निशानामाथि तत्काल आक्रमण गर्न इरानी कमाण्डरहरूलाई निर्देशन
बाराको फेटा घटना: एसएसपी ढकालको नेतृत्वमा छानबिन समिति गठन, इन्स्पेक्टर लामाको जिम्मेवारी खोसियो