पकाहामैनपुरमा दुई समूहबिच दोहोरो झडप: ८ जना घाइते
२० असोज २०८३ · 👁 201 पटक पढिएको
वीरगञ्ज, असोज २० — पर्साको पकाहामैनपुर गाउँपालिका–४ मा गैरकानुनी रूपमा भइरहेको मदिरा बिक्री-वितरण तथा सेवनको विरोध गर्दा दुई पक्षबिच झडप भएको छ। झडपका क्रममा आठ जना घाइते भएका छन्।
गाउँमा अवैध मदिरा कारोबार बढेको र त्यसले अशान्ति सिर्जना गरेको भन्दै स्थानीयले विरोध जनाउने क्रममा भनाभन भई झडपको स्थिति सिर्जना भएको हो। घाइतेमध्ये दुई जनाको टाउकोमा गम्भीर चोट लागेको स्थानीयले बताएका छन्।
घाइतेहरूलाई उपचारका लागि वीरगञ्जस्थित स्वास्थ्य संस्थातर्फ ल्याइएको छ। घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घट्नास्थल पुगी स्थिति नियन्त्रणमा लिने र अनुसन्धान अघि बढाउने कार्य गरिरहेको छ।