The Highlights Nepal
THE HIGHLIGHTS NEPALद हाइलाइट्स नेपाल
· काठमाडौं 23°C
ब्रेकिङ
काँग्रेस ‘२.o’ को आवरणमा १८ करोडको वि*वाद ! गगनमाथि अमरेशको प्र*हार: ‘जनतालाई भाषण होइन, हिसाब चाहियो !’  •  रुपल जैसवार राष्ट्रिय बजरंग दलको पर्सा जिल्ला अध्यक्षमा नियुक्त  •  हिन्दू स्वयंसेवक संघ नेपालको आयोजनामा सञ्चालित ७ दिने आवासीय प्राथमिक शिक्षा वर्ग २०८३ को समापन कार्यक्रम वीरगन्जमा भव्य रूपमा सम्पन्न भएको छ ।  •  अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादले सखुवाप्रसौनीमा तलब संकट, शिक्षकदेखि कर्मचारीसम्म दसैँमा पारिश्रमिकविहीन  •  बहाना अनेक, गन्तव्य दिल्ली: रास्वपा नेताहरूको गुप्त दौडाहामा के पाक्दैछ खिचडी?  • 
विज्ञापन2
राष्ट्रिय राजनीति

छिपहरमाईका जनप्रतिनिधिलाई प्रश्न: जनताले कर तिर्ने हिलोमा पौडिनका लागि हो?

१९ असोज २०८३ · 👁 553 पटक पढिएको
0Shares
f
छिपहरमाईका जनप्रतिनिधिलाई प्रश्न: जनताले कर तिर्ने हिलोमा पौडिनका लागि हो?

पर्सा — जनप्रतिनिधि फेरिए, बजेट आए, तर पर्साको छिपहरमाई गाउँपालिका वडा नं. ०२, बडका टिहुकीका जनताको नियति भने अझै फेरिन सकेको छैन। गोपचन ठाकुरको घरदेखि भेली साहको घरसम्मको सडकखण्ड वर्षौंदेखि दयनीय अवस्थामा छाडिँदा स्थानीयवासी ढल र हिलोको आहालमा जीवन बिताउन बाध्य छन्।

विगत ९ वर्षको अवधिमा सडक सुधारका नाममा केही ट्र्याक्टर इँटाका टुक्रा खसालेर बजेट सकाउने काम मात्र भएको स्थानीयको आरोप छ। न पक्की सडक बनेको छ, न त पानी निकासका लागि नाली नै। वर्षायाममा मात्र होइन, वर्षैभरि सडकमा पानी थुप्रिएर बाटो नै हिलाम्मे बन्ने गरेको छ। दशैं, तिहार र छठजस्ता ठूला चाडपर्वमा गाउँ आउजाउ गर्ने सर्वसाधारणले हिलो पन्छाउँदै हिँड्नुपर्ने बाध्यता छ।

जनताले कुनै ठूलो समृद्धिको सपना मागेका होइनन्, केवल हिँड्न मिल्ने बाटो र निकासयुक्त नाली जस्ता आधारभूत अधिकार मागेका हुन्। तर, सर्वसाधारणको करबाट उठेको सार्वजनिक स्रोतमा मोजमस्ती गर्ने सम्बन्धित निकाय र जिम्मेवार व्यक्तिहरू जनताको यो दयनीय अवस्थाप्रति पूर्णतः बेखबर बनेका छन्।

अब प्रश्न उठ्छ— यो सडक नबन्नु लाचारी हो कि नियतको खोट? यो केवल व्यवस्थापनको कमजोरी मात्र नभई जनताको मौलिक अधिकारमाथि गरिएको चरम बेवास्ता हो। आश्वासनको पोको बाँडेर मात्र पुग्दैन; छिपहरमाई गाउँपालिका र वडा कार्यालयले अविलम्ब ढल र सडक निर्माणको ठोस र स्थायी काम सुरु गरेर देखाउनै पर्छ।

सम्बन्धित समाचार

धरानमा हवाई फायर गरी २ सय ९ किलो गाँजासहित पाँच जना पक्राउ
काँग्रेस ‘२.o’ को आवरणमा १८ करोडको वि*वाद ! गगनमाथि अमरेशको प्र*हार: ‘जनतालाई भाषण होइन, हिसाब चाहियो !’
मोज्तबा खामेनेईको कडा चेतावनी: अमेरिकी र इजरायली निशानामाथि तत्काल आक्रमण गर्न इरानी कमाण्डरहरूलाई निर्देशन
बाराको फेटा घटना: एसएसपी ढकालको नेतृत्वमा छानबिन समिति गठन, इन्स्पेक्टर लामाको जिम्मेवारी खोसियो