The Highlights Nepal
THE HIGHLIGHTS NEPALद हाइलाइट्स नेपाल
· काठमाडौं 23°C
ब्रेकिङ
काँग्रेस ‘२.o’ को आवरणमा १८ करोडको वि*वाद ! गगनमाथि अमरेशको प्र*हार: ‘जनतालाई भाषण होइन, हिसाब चाहियो !’  •  रुपल जैसवार राष्ट्रिय बजरंग दलको पर्सा जिल्ला अध्यक्षमा नियुक्त  •  हिन्दू स्वयंसेवक संघ नेपालको आयोजनामा सञ्चालित ७ दिने आवासीय प्राथमिक शिक्षा वर्ग २०८३ को समापन कार्यक्रम वीरगन्जमा भव्य रूपमा सम्पन्न भएको छ ।  •  अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादले सखुवाप्रसौनीमा तलब संकट, शिक्षकदेखि कर्मचारीसम्म दसैँमा पारिश्रमिकविहीन  •  बहाना अनेक, गन्तव्य दिल्ली: रास्वपा नेताहरूको गुप्त दौडाहामा के पाक्दैछ खिचडी?  • 
विज्ञापन2
राष्ट्रिय

प्रधानमन्त्री बालेनको भारत भ्रमण तयारी तीव्र, भोटेकोसी पुनर्निर्माण मुख्य एजेण्डा

१८ असोज २०८३ · 👁 406 पटक पढिएको
0Shares
f
प्रधानमन्त्री बालेनको भारत भ्रमण तयारी तीव्र, भोटेकोसी पुनर्निर्माण मुख्य एजेण्डा

प्रधानमन्त्री बालेनको भारत भ्रमण तयारी तीव्र, भोटेकोसी पुनर्निर्माण मुख्य एजेण्डा

बिरगंज। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारत भ्रमणको तयारी तीव्र रूपमा अघि बढाइएको छ। उच्च स्रोतका अनुसार, आगामी नोभेम्बरको अन्तिम साता वा डिसेम्बरको पहिलो साता (मंसिर दोस्रो वा तेस्रो साता) प्रधानमन्त्री बालेनले भारतको औपचारिक भ्रमण गर्ने गरी गृहकार्य भइरहेको छ।

भ्रमणलाई सफल र नतिजामुखी बनाउन अहिले नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयका अधिकारीहरूबीच द्विपक्षीय छलफल जारी छ। परराष्ट्र मन्त्रालयले भ्रमणका एजेन्डा तय गर्न विभिन्न विषयगत मन्त्रालयहरूसँग समन्वय गरिरहेको छ।

यसपटकको भारत भ्रमणमा भोटेकोसी बाढीपछिको पुनर्निर्माणलाई नेपालका तर्फबाट मुख्य प्राथमिकता र प्रमुख एजेण्डाका रूपमा पेस गरिने स्रोतले जनाएको छ।
गत २०८२ चैत १३ गते प्रधानमन्त्रीको शपथ लिएलगत्तै भारतीय समकक्षी नरेन्द्र मोदीले टेलिफोनमार्फत बधाई दिँदै बालेनलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिएका थिए। विभिन्न आन्तरिक कारणले अड्किएको उक्त भ्रमणलाई अहिले प्रधानमन्त्री बालेनले स्वीकृति दिएसँगै कूटनीतिक तयारीले तीव्रता पाएको हो। दुवै देशका अधिकारीहरू एजेन्डा अन्तिम चरणमा पुगेपछि भ्रमणको आधिकारिक मिति सार्वजनिक गर्ने तयारीमा छन्।

सम्बन्धित समाचार

धरानमा हवाई फायर गरी २ सय ९ किलो गाँजासहित पाँच जना पक्राउ
काँग्रेस ‘२.o’ को आवरणमा १८ करोडको वि*वाद ! गगनमाथि अमरेशको प्र*हार: ‘जनतालाई भाषण होइन, हिसाब चाहियो !’
मोज्तबा खामेनेईको कडा चेतावनी: अमेरिकी र इजरायली निशानामाथि तत्काल आक्रमण गर्न इरानी कमाण्डरहरूलाई निर्देशन
बाराको फेटा घटना: एसएसपी ढकालको नेतृत्वमा छानबिन समिति गठन, इन्स्पेक्टर लामाको जिम्मेवारी खोसियो