The Highlights Nepal
THE HIGHLIGHTS NEPALद हाइलाइट्स नेपाल
· काठमाडौं 23°C
ब्रेकिङ
काँग्रेस ‘२.o’ को आवरणमा १८ करोडको वि*वाद ! गगनमाथि अमरेशको प्र*हार: ‘जनतालाई भाषण होइन, हिसाब चाहियो !’  •  रुपल जैसवार राष्ट्रिय बजरंग दलको पर्सा जिल्ला अध्यक्षमा नियुक्त  •  हिन्दू स्वयंसेवक संघ नेपालको आयोजनामा सञ्चालित ७ दिने आवासीय प्राथमिक शिक्षा वर्ग २०८३ को समापन कार्यक्रम वीरगन्जमा भव्य रूपमा सम्पन्न भएको छ ।  •  अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादले सखुवाप्रसौनीमा तलब संकट, शिक्षकदेखि कर्मचारीसम्म दसैँमा पारिश्रमिकविहीन  •  बहाना अनेक, गन्तव्य दिल्ली: रास्वपा नेताहरूको गुप्त दौडाहामा के पाक्दैछ खिचडी?  • 
विज्ञापन2
राष्ट्रिय

काम गर्न नसके अर्को चुनावमा डाँडा कटाइदिनुस्' : रास्वपा सभापति रवि लामिछाने

१८ असोज २०८३ · 👁 239 पटक पढिएको
0Shares
f
काम गर्न नसके अर्को चुनावमा डाँडा कटाइदिनुस्' : रास्वपा सभापति रवि लामिछाने

'काम गर्न नसके अर्को चुनावमा डाँडा कटाइदिनुस्' : रास्वपा सभापति रवि लामिछाने

काठमाडौँ— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो दलले प्रतिबद्धता अनुसार काम गर्न नसके आगामी चुनावमा जनताले बहिष्कार गर्नुपर्ने र कार्यकर्ताले पार्टीको सदस्यता नै च्यात्नुपर्ने बताएका छन्। नेपाली काङ्ग्रेसको महाधिवेशनको मञ्चबाट सम्बोधन गर्दै उनले जनतासामु दिएको बाचा र कार्यसम्पादनप्रति पार्टी पूर्ण रूपमा जबाफदेही हुनुपर्ने धारणा राखेका हुन्।
"हामीले काम गर्न सकेनौँ भने अर्को चुनावमा हामीलाई डाँडा कटाइदिनुस्। मैले चुनावमा भनेको यही हो,"

लामिछानेले भने, "तपाईंहरू मध्ये यहीँ उपस्थित कतिपय मान्छेहरूले पनि भोट त्यही कारणले हाल्नुभएको हो। नेपाली काङ्ग्रेसको यस ऐतिहासिक मञ्चमा उभिएर म यस कुरामा अझै पनि अडिग छु र म मेरै दलका साथीहरूलाई भन्न चाहन्छु, यो पाँच वर्ष रा.स्व.पा ले काम गर्न सकेन भने सबैभन्दा पहिला रा.स्व.पा को सदस्यता च्यात्नुहोला। यति भन्न सक्ने आँट हामीले राखेका छौँ।"

सम्बोधनका क्रममा उनले चुनावी अभियानका क्रममा व्यक्त गरेका प्रतिबद्धतालाई पुनः स्मरण गराउँदै नयाँ राजनीतिक संस्कृति र राजनीतिक आँटको आवश्यकता औँल्याए। कार्यसम्पादन फितलो भएमा नागरिक स्तरबाट मात्र नभई आफ्नै सङ्गठन भित्रैबाट दण्डित हुन तयार रहेको सन्देश दिँदै उनले पार्टीले जनअपेक्षा अनुसार नै काम गर्ने दाबी समेत गरे।

सम्बन्धित समाचार

धरानमा हवाई फायर गरी २ सय ९ किलो गाँजासहित पाँच जना पक्राउ
काँग्रेस ‘२.o’ को आवरणमा १८ करोडको वि*वाद ! गगनमाथि अमरेशको प्र*हार: ‘जनतालाई भाषण होइन, हिसाब चाहियो !’
मोज्तबा खामेनेईको कडा चेतावनी: अमेरिकी र इजरायली निशानामाथि तत्काल आक्रमण गर्न इरानी कमाण्डरहरूलाई निर्देशन
बाराको फेटा घटना: एसएसपी ढकालको नेतृत्वमा छानबिन समिति गठन, इन्स्पेक्टर लामाको जिम्मेवारी खोसियो