The Highlights Nepal
THE HIGHLIGHTS NEPALद हाइलाइट्स नेपाल
· काठमाडौं 23°C
ब्रेकिङ
काँग्रेस ‘२.o’ को आवरणमा १८ करोडको वि*वाद ! गगनमाथि अमरेशको प्र*हार: ‘जनतालाई भाषण होइन, हिसाब चाहियो !’  •  रुपल जैसवार राष्ट्रिय बजरंग दलको पर्सा जिल्ला अध्यक्षमा नियुक्त  •  हिन्दू स्वयंसेवक संघ नेपालको आयोजनामा सञ्चालित ७ दिने आवासीय प्राथमिक शिक्षा वर्ग २०८३ को समापन कार्यक्रम वीरगन्जमा भव्य रूपमा सम्पन्न भएको छ ।  •  अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादले सखुवाप्रसौनीमा तलब संकट, शिक्षकदेखि कर्मचारीसम्म दसैँमा पारिश्रमिकविहीन  •  बहाना अनेक, गन्तव्य दिल्ली: रास्वपा नेताहरूको गुप्त दौडाहामा के पाक्दैछ खिचडी?  • 
विज्ञापन2
राष्ट्रिय राजनीति

राणा र पञ्चायत ढालेजस्तै वर्तमान सरकार ढाल्न कांग्रेससँग सहकार्यको समय आयो: शंकर पोखरेल

१८ असोज २०८३ · 👁 155 पटक पढिएको
0Shares
f
राणा र पञ्चायत ढालेजस्तै वर्तमान सरकार ढाल्न कांग्रेससँग सहकार्यको समय आयो: शंकर पोखरेल

‘लोकतन्त्रको रक्षाका लागि पुनः कांग्रेससँग सहकार्यको समय आयो’ : शंकर पोखरेल

काठमाडौँ। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आपत्ति जनाउँदै लोकतन्त्रको रक्षाका लागि नेपाली कांग्रेससँग पुनः सहकार्य गरेर अघि बढ्ने समय आएको बताएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको अवसरमा बोल्दै महासचिव पोखरेलले वर्तमान सरकार राजनीतिक दलहरूसँग सहकार्य र छलफल नगरी स्वेच्छाचारी ढंगले अघि बढिरहेको आरोप लगाए। प्रधानमन्त्रीले संसद् र जनताका आवाजलाई पूर्ण रूपमा उपेक्षा गरेको भन्दै उनले सरकारको कदमले लोकतान्त्रिक मूल्य–मान्यतामाथि नै प्रश्न उठाएको टिप्पणी गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले भने, “अब फेरि पनि मिलेर लोकतन्त्र र यो देशको मुहार फेर्न लाग्नुपर्ने समय आएको छ। इतिहासमा राणाशासन, पञ्चायत र ज्ञानेन्द्र शाहको निरंकुश शासनविरुद्ध हामी मिलेर लडेका थियौँ। अब फेरि पनि कांग्रेससँगको सहकार्यमा लोकतन्त्रको रक्षाका लागि लड्नेछौँ।”

पोखरेलले वर्तमान राजनीतिक परिस्थितिमा कांग्रेसको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै आगामी दिनमा लोकतान्त्रिक व्यवस्था र राजनीतिक दलहरूको अस्तित्व जोगाउन कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। उनले मुलुकलाई संकटबाट जोगाउन र लोकतान्त्रिक प्रणाली सुदृढ बनाउन प्रमुख राजनीतिक शक्तिहरू एकाकार हुनुको विकल्प नरहेकोमा जोड दिए।

सम्बन्धित समाचार

धरानमा हवाई फायर गरी २ सय ९ किलो गाँजासहित पाँच जना पक्राउ
काँग्रेस ‘२.o’ को आवरणमा १८ करोडको वि*वाद ! गगनमाथि अमरेशको प्र*हार: ‘जनतालाई भाषण होइन, हिसाब चाहियो !’
मोज्तबा खामेनेईको कडा चेतावनी: अमेरिकी र इजरायली निशानामाथि तत्काल आक्रमण गर्न इरानी कमाण्डरहरूलाई निर्देशन
बाराको फेटा घटना: एसएसपी ढकालको नेतृत्वमा छानबिन समिति गठन, इन्स्पेक्टर लामाको जिम्मेवारी खोसियो