बुर्किना फासोलाई पछि पार्दै पाकिस्तान बन्यो आतंकवादबाट सर्वाधिक प्रभावित देश
१८ असोज २०८३ · 👁 192 पटक पढिएको
बुर्किना फासोलाई पछि पार्दै पाकिस्तान बन्यो आतंकवादबाट सर्वाधिक प्रभावित देश
बिरगंज /The Highlights Nepal
‘ग्लोबल टेररिज्म इन्डेक्स (जीटीआई) २०२६’ को प्रतिवेदनअनुसार पाकिस्तान विश्वमै आतंकवादबाट सबैभन्दा बढी प्रभावित देश बनेको छ। इन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पीस (आईईपी) ले सार्वजनिक गरेको सन् २०२५ को तथ्यांकमा आधारित यस प्रतिवेदनमा इतिहासमै पहिलोपटक पाकिस्तान शीर्ष स्थानमा पुगेको हो।
आईईपीको प्रतिवेदन अनुसार सन् २०२५ मा पाकिस्तानमा १ हजार ४५ वटा आतंकवादी घटना भएका थिए, जसमा परी १ हजार १३९ जनाको मृत्यु हुनुका साथै १ हजार ५९५ जना घाइते भएका थिए।
यसअघि लगातार दुई वर्षसम्म बुर्किना फासो यो सूचकांकको पहिलो स्थानमा रहेको थियो। सन् २०२५ मा त्यहाँ आतंकवादसम्बन्धी मृत्युदर ४५ प्रतिशतले घटेपछि बुर्किना फासो दोस्रो स्थानमा झरेको छ।
खैबर पख्तुनख्वा र बलुचिस्तान मुख्य प्रभावित क्षेत्र
जीटीआईका अनुसार पाकिस्तानमा हिंसाको मुख्य प्रभाव खैबर पख्तुनख्वा र बलुचिस्तान क्षेत्रमा बढी देखिएको छ। सन् २०२५ मा भएका कुल आतंकवादी हमलामध्ये ७४ प्रतिशतभन्दा बढी घटना र ६७ प्रतिशत मृत्यु यही दुई क्षेत्रमा सीमित रहेका छन्।
प्रतिवेदनले तेहरिक-ए-तालिबान पाकिस्तान (टीटीपी) लाई देशकै सबैभन्दा घातक आतंकवादी संगठनको रूपमा औंल्याएको छ। सन् २०२५ मा टीटीपीसँग जोडिएका घटनामा मात्रै ६३७ जनाले ज्यान गुमाएका थिए। यसका साथै बलुचिस्तान लिबरेसन आर्मी (बीएलए) पनि पाकिस्तानको सुरक्षाका लागि ठूलो चुनौतीका रूपमा उभिएको उल्लेख छ।
सूचीमा पहिलो हुनुको अर्थ 'आतंकवादी देश' होइन
सूचकांकमा पाकिस्तान पहिलो स्थानमा पर्नुको अर्थ उसलाई आधिकारिक रूपमा 'आतंकवादी देश' घोषणा गरिएको भने होइन। जीटीआईले केवल देशभित्र आतंकवादको कत्तिको प्रभाव परेको छ भन्ने कुराको मापन गर्दछ। यस मूल्याङ्कनमा आतंकवादी आक्रमणको संख्या, त्यसबाट भएको मृत्यु, घाइते र बन्धक बनाइएका व्यक्तिहरूको तथ्यांकलाई आधार बनाइन्छ।