रुपन्देहीमा बालिका अपहरणका आरोपितमाथि गोली प्रहार, ३८ घण्टापछि उद्धार
१८ असोज २०८३ · 👁 210 पटक पढिएको
बुटवल, १८ असोज ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट अपहरणमा परेकी १० वर्षीया बालिकाको ३८ घण्टापछि स्थानीय जङ्गलबाट सकुशल उद्धार गरिएको छ। बालिका अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले एक युवकलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा तिलोत्तमा नगरपालिका–१७, दरखसवाका २७ वर्षीय विशाल भनिने युवराज थारु रहेका छन्।
प्रहरीका अनुसार गत बुधबार राति घरमा सुतिरहेको अवस्थामा बालिका अपहरणमा परेकी थिइन्। परिवारले बिहीबार बिहान प्रहरीलाई खबर गरेपछि नेपाल प्रहरीले व्यापक खोजी अभियान चलाएको थियो।
निरन्तरको खोजीपछि प्रहरीले शुक्रबार साँझ तिलोत्तमास्थित कान्छी बजारको जङ्गलबाट बालिकाको सकुशल उद्धार गरेको थियो। उद्धारका क्रममा आरोपी भागेका थिए भने उद्धारस्थलमा भेटिएको मोबाइलका आधारमा प्रहरीले उनको पहिचान खोलेको थियो।
फरार थारुको खोजी जारी राख्ने क्रममा आइतबार राति प्रहरीले उनलाई जङ्गल क्षेत्रमै फेला पारेको थियो। पक्राउ गर्ने क्रममा उनले प्रहरी टोलीमाथि नै आक्रमणको प्रयास गरेपछि प्रहरीले एक राउन्ड गोली चलाएको थियो। खुट्टामा गोली लागेर घाइते भएका थारुको हाल लुम्बिनी प्रादेशिक अस्पतालमा प्रहरी नियन्त्रणमै उपचार भइरहेको छ।
उद्धार गरिएकी बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्य परीक्षणपश्चात् प्रहरीको सुरक्षा नियन्त्रणमा राखिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।