बिरगंज मितेरी पुलमै ११ किलो चरेससहित वीरगञ्ज छपकैयाका अमर चौधरी पक्राउ
१८ असोज २०८३ · 👁 268 पटक पढिएको
वीरगञ्ज, १८ असोज।
नेपाल-भारत सीमा क्षेत्रमा पर्ने वीरगञ्ज-रक्सौल मितेरी पुलबाट भारी परिमाणको लागूऔषध चरेससहित एक नेपाली नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका (छपकैया निवासी) ३९ वर्षीय अमर चौधरी रहेका छन्।
भारतीय प्रहरी र सशस्त्र सीमा बल (एसएसबी)को संयुक्त टोलीले वीरगञ्जबाट रक्सौलतर्फ जाँदै गरेको शंकास्पद ई-रिक्सालाई मितेरी पुलमा रोकेर जाँच गर्दा बोराभित्र २२ वटा कालो प्याकेटमा प्याक गरिएको ११ किलो २४६ ग्राम चरेस बरामद गरेको हो।
प्रारम्भिक अनुसन्धान अनुसार उक्त चरेस मकवानपुरका विभिन्न स्थानबाट ल्याएर बारा र पर्सा हुँदै भारततर्फ लैजान लागिएको खुलेको छ।
चरेससहित पक्राउ परेका चौधरीलाई आवश्यक कानुनी कारबाहीका लागि रक्सौलस्थित हरैया थानाको जिम्मा लगाइएको भारतीय प्रहरीले जनाएको छ। नेपाली भूभाग हुँदै यति ठूलो परिमाणमा लागूऔषध वीरगञ्जसम्म ल्याएर सीमा पार गराउन खोजिएको घटनाले सीमा क्षेत्रको सुरक्षा तथा चेकजाँच प्रणालीमाथि थप कडाइ गर्नुपर्ने आवश्यकता औँल्याएको छ।