मलद्वारमा लुकाएर ल्याएको ब्राउन सुगरसहित एक पक्राउ
१८ असोज २०८३ · 👁 173 पटक पढिएको
उदयपुर — मलद्वारभित्र लुकाएर प्रतिबन्धित लागूपदार्थ ब्राउन सुगर ओसारपसार गरिरहेको अवस्थामा उदयपुरमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बेलका नगरपालिका–५ घुम्ने बस्ने करिब ३० वर्षीय प्रदीप बस्नेत रहेका छन्।
इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले बेलका नगरपालिका–४ स्थित लालबजारमा यात्रुवाहक बस जाँच गर्ने क्रममा उनलाई नियन्त्रणमा लिएको हो। शंकास्पद अवस्थामा भेटिएका बस्नेतको शरीर तलासी लिँदा मलद्वारमा लुकाएर राखिएको २ ग्राम ६ मिलिग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईँले जानकारी दिए।
पक्राउ परेका बस्नेतमाथि लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाउन उदयपुर जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक छानबिन भइरहेको प्रहरीले जनाएको छ।