The Highlights Nepal
THE HIGHLIGHTS NEPALद हाइलाइट्स नेपाल
· काठमाडौं 23°C
ब्रेकिङ
काँग्रेस ‘२.o’ को आवरणमा १८ करोडको वि*वाद ! गगनमाथि अमरेशको प्र*हार: ‘जनतालाई भाषण होइन, हिसाब चाहियो !’  •  रुपल जैसवार राष्ट्रिय बजरंग दलको पर्सा जिल्ला अध्यक्षमा नियुक्त  •  हिन्दू स्वयंसेवक संघ नेपालको आयोजनामा सञ्चालित ७ दिने आवासीय प्राथमिक शिक्षा वर्ग २०८३ को समापन कार्यक्रम वीरगन्जमा भव्य रूपमा सम्पन्न भएको छ ।  •  अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादले सखुवाप्रसौनीमा तलब संकट, शिक्षकदेखि कर्मचारीसम्म दसैँमा पारिश्रमिकविहीन  •  बहाना अनेक, गन्तव्य दिल्ली: रास्वपा नेताहरूको गुप्त दौडाहामा के पाक्दैछ खिचडी?  • 
विज्ञापन2
राष्ट्रिय

४० मेगावाट बिजुलीको माग सम्बोधन गर्न र बक्यौता उठाउन ऊर्जामन्त्रीको निर्देशन

१७ असोज २०८३ · 👁 259 पटक पढिएको
0Shares
f
४० मेगावाट बिजुलीको माग सम्बोधन गर्न र बक्यौता उठाउन ऊर्जामन्त्रीको निर्देशन

४० मेगावाट बिजुलीको माग सम्बोधन गर्न र बक्यौता उठाउन ऊर्जामन्त्रीको निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले उद्योगीहरूसँग रहेको विद्युत् बक्यौता कडाइका साथ असुल गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन्।

शनिबार हेटौँडामा प्राधिकरणका अधिकारीहरूसँग छलफल गर्दै मन्त्री श्रेष्ठले हेटौँडा औद्योगिक क्षेत्रको करिब ४० मेगावाट विद्युत् माग सम्बोधन गर्न आवश्यक तयारी गर्न निर्देशन दिए।

उनले बक्यौता रहेका उद्योगलाई परिपत्रमार्फत ताकेता गर्न तथा विद्युत् आपूर्ति, लोड व्यवस्थापन र पूर्वाधारको तयारीमा ध्यान दिन आग्रह गरे।

मन्त्री श्रेष्ठले विद्युत् अवरुद्ध वा ट्रिपिङ हुँदा उपभोक्तालाई समयमै सही सूचना दिन पनि निर्देशन दिएका छन्। समयमै सूचना नपाउँदा नागरिकमा अनावश्यक आक्रोश बढ्ने गरेको भन्दै उनले सूचना प्रवाह प्रणाली सुधार गर्न प्राधिकरणलाई आग्रह गरे।

सम्बन्धित समाचार

धरानमा हवाई फायर गरी २ सय ९ किलो गाँजासहित पाँच जना पक्राउ
काँग्रेस ‘२.o’ को आवरणमा १८ करोडको वि*वाद ! गगनमाथि अमरेशको प्र*हार: ‘जनतालाई भाषण होइन, हिसाब चाहियो !’
मोज्तबा खामेनेईको कडा चेतावनी: अमेरिकी र इजरायली निशानामाथि तत्काल आक्रमण गर्न इरानी कमाण्डरहरूलाई निर्देशन
बाराको फेटा घटना: एसएसपी ढकालको नेतृत्वमा छानबिन समिति गठन, इन्स्पेक्टर लामाको जिम्मेवारी खोसियो