The Highlights Nepal
THE HIGHLIGHTS NEPALद हाइलाइट्स नेपाल
· काठमाडौं 23°C
ब्रेकिङ
काँग्रेस ‘२.o’ को आवरणमा १८ करोडको वि*वाद ! गगनमाथि अमरेशको प्र*हार: ‘जनतालाई भाषण होइन, हिसाब चाहियो !’  •  रुपल जैसवार राष्ट्रिय बजरंग दलको पर्सा जिल्ला अध्यक्षमा नियुक्त  •  हिन्दू स्वयंसेवक संघ नेपालको आयोजनामा सञ्चालित ७ दिने आवासीय प्राथमिक शिक्षा वर्ग २०८३ को समापन कार्यक्रम वीरगन्जमा भव्य रूपमा सम्पन्न भएको छ ।  •  अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादले सखुवाप्रसौनीमा तलब संकट, शिक्षकदेखि कर्मचारीसम्म दसैँमा पारिश्रमिकविहीन  •  बहाना अनेक, गन्तव्य दिल्ली: रास्वपा नेताहरूको गुप्त दौडाहामा के पाक्दैछ खिचडी?  • 
विज्ञापन2
राष्ट्रिय

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाद्वारा शान्ति सुरक्षाको माग

१७ असोज २०८३ · 👁 389 पटक पढिएको
0Shares
f
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाद्वारा शान्ति सुरक्षाको माग

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाद्वारा शान्ति सुरक्षाको माग

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफ्नो र परिवारको शान्ति सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाइदिन काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीसमक्ष निवेदन दिएका छन्।

राणाका तर्फबाट उनका छोरा सचिन्द्र शमशेर ज.ब.रा. द्वारा पेश गरिएको उक्त निवेदनमा हालको समयमा देशको परिस्थिति, सामाजिक सञ्जाल तथा मिडियाहरूमा आएका समाचार र सुरक्षासँग सम्बन्धित प्रश्नहरूका कारण आफ्नो परिवारको शान्ति सुरक्षामा गम्भीर चुनौती महसुस भएको उल्लेख गरिएको छ।
साथै, विगतमा राज्यका विभिन्न अङ्गहरूमा वहन गरेका जिम्मेवारी र सर्वोच्च अदालतको प्रधानन्यायाधीशको हैसियतमा सम्पादन गरेका न्यायिक निर्णयहरूका कारण पनि असुरक्षाको महसुस भएको निवेदनमा जनाइएको छ।

आफ्नो सम्पूर्ण विवरण राज्यका सुरक्षा निकायहरूलाई पहिले नै जानकारी रहेको बताउँदै, पूर्वप्रधानन्यायाधीश राणाले आफू, परिवार तथा आफ्नो जिउज्यानको सुरक्षामा राज्यको ध्यान पुगोस् भन्दै थप सुरक्षा व्यवस्था मिलाइदिन प्रहरीसँग अनुरोध गरेका छन्।

सम्बन्धित समाचार

धरानमा हवाई फायर गरी २ सय ९ किलो गाँजासहित पाँच जना पक्राउ
काँग्रेस ‘२.o’ को आवरणमा १८ करोडको वि*वाद ! गगनमाथि अमरेशको प्र*हार: ‘जनतालाई भाषण होइन, हिसाब चाहियो !’
मोज्तबा खामेनेईको कडा चेतावनी: अमेरिकी र इजरायली निशानामाथि तत्काल आक्रमण गर्न इरानी कमाण्डरहरूलाई निर्देशन
बाराको फेटा घटना: एसएसपी ढकालको नेतृत्वमा छानबिन समिति गठन, इन्स्पेक्टर लामाको जिम्मेवारी खोसियो