कांग्रेस सहमहामन्त्रीमा पुर्ब मन्त्री अजय चौरसियाको उम्मेदवारी
१७ असोज २०८३ · 👁 368 पटक पढिएको
वीरगञ्ज — नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वमन्त्री अजय चौरसियाले १५औँ महाधिवेशनमा मधेसी कोटाबाट सहमहामन्त्री पदमा उठ्ने घोषणा गरेका छन्। पार्टीभित्र महाधिवेशनको सरगर्मीसँगै विभिन्न पदमा उम्मेदवारी दिने होडबाजी चलिरहेका बेला पर्साका प्रभावशाली नेता चौरसियाले पनि मधेसीतर्फको सहमहामन्त्रीमा आफ्नो दाबी पेस गरेका हुन्।




