The Highlights Nepal
THE HIGHLIGHTS NEPALद हाइलाइट्स नेपाल
· काठमाडौं 23°C
ब्रेकिङ
काँग्रेस ‘२.o’ को आवरणमा १८ करोडको वि*वाद ! गगनमाथि अमरेशको प्र*हार: ‘जनतालाई भाषण होइन, हिसाब चाहियो !’  •  रुपल जैसवार राष्ट्रिय बजरंग दलको पर्सा जिल्ला अध्यक्षमा नियुक्त  •  हिन्दू स्वयंसेवक संघ नेपालको आयोजनामा सञ्चालित ७ दिने आवासीय प्राथमिक शिक्षा वर्ग २०८३ को समापन कार्यक्रम वीरगन्जमा भव्य रूपमा सम्पन्न भएको छ ।  •  अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादले सखुवाप्रसौनीमा तलब संकट, शिक्षकदेखि कर्मचारीसम्म दसैँमा पारिश्रमिकविहीन  •  बहाना अनेक, गन्तव्य दिल्ली: रास्वपा नेताहरूको गुप्त दौडाहामा के पाक्दैछ खिचडी?  • 
विज्ञापन2
राष्ट्रिय

कांग्रेस १५औँ महाधिवेशन: गगन थापासँग भिड्न किशोर सिंह राठौरको दाबी

१७ असोज २०८३ · 👁 317 पटक पढिएको
0Shares
f
कांग्रेस १५औँ महाधिवेशन: गगन थापासँग भिड्न किशोर सिंह राठौरको दाबी

कांग्रेस १५औँ महाधिवेशन: गगन थापासँग भिड्न किशोर सिंह राठौरको दाबी
​नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री एवम् नेविसंघका पूर्वअध्यक्ष किशोर सिंह राठौरले पार्टीको १५औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्। हालसम्म महाधिवेशन प्रतिनिधि चुनिन बाँकी रहे पनि उनले बर्दिया–२ बाट निर्वाचित भएर आउने र कुनै पनि हालतमा उम्मेदवारीबाट पछि नहट्ने अडान लिएका छन्।
​खबरहबसँगको कुराकानीमा राठौरले गगन थापाले पार्टीभित्रका विभिन्न धारलाई मिलाएर लैजान नसकेकाले आफूले नेतृत्वमा दाबी गरेको बताए। त्रिचन्द्र क्याम्पसको स्ववियु सभापति छँदा थापा सदस्य रहेको स्मरण गराउँदै राठौरले गगनलाई यसपटक आफूलाई समर्थन गर्न आग्रहसमेत गरेका छन्।
​पूर्वसभापति शेरबहादुर देउवाको 'डमी' उम्मेदवार भएको आरोपलाई खण्डन गर्दै उनले आफू स्वविवेकले मैदानमा उत्रिएको स्पष्ट पारे। यदि आफू सभापतिमा निर्वाचित भए आगामी स्थानीय तहको निर्वाचनसम्ममा विभाजनमा देखिएको कांग्रेसलाई एकताबद्ध बनाएर लैजाने उनको दाबी छ।

सम्बन्धित समाचार

धरानमा हवाई फायर गरी २ सय ९ किलो गाँजासहित पाँच जना पक्राउ
काँग्रेस ‘२.o’ को आवरणमा १८ करोडको वि*वाद ! गगनमाथि अमरेशको प्र*हार: ‘जनतालाई भाषण होइन, हिसाब चाहियो !’
मोज्तबा खामेनेईको कडा चेतावनी: अमेरिकी र इजरायली निशानामाथि तत्काल आक्रमण गर्न इरानी कमाण्डरहरूलाई निर्देशन
बाराको फेटा घटना: एसएसपी ढकालको नेतृत्वमा छानबिन समिति गठन, इन्स्पेक्टर लामाको जिम्मेवारी खोसियो