The Highlights Nepal
THE HIGHLIGHTS NEPALद हाइलाइट्स नेपाल
· काठमाडौं 23°C
ब्रेकिङ
काँग्रेस ‘२.o’ को आवरणमा १८ करोडको वि*वाद ! गगनमाथि अमरेशको प्र*हार: ‘जनतालाई भाषण होइन, हिसाब चाहियो !’  •  रुपल जैसवार राष्ट्रिय बजरंग दलको पर्सा जिल्ला अध्यक्षमा नियुक्त  •  हिन्दू स्वयंसेवक संघ नेपालको आयोजनामा सञ्चालित ७ दिने आवासीय प्राथमिक शिक्षा वर्ग २०८३ को समापन कार्यक्रम वीरगन्जमा भव्य रूपमा सम्पन्न भएको छ ।  •  अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादले सखुवाप्रसौनीमा तलब संकट, शिक्षकदेखि कर्मचारीसम्म दसैँमा पारिश्रमिकविहीन  •  बहाना अनेक, गन्तव्य दिल्ली: रास्वपा नेताहरूको गुप्त दौडाहामा के पाक्दैछ खिचडी?  • 
विज्ञापन2
राष्ट्रिय

बिन्दवासिनी गाउँपालिकामा रास्वपाको पालिका बैठक सम्पन्न: सांसद रमाकान्त चौरसियाको विशेष उपस्थिति, जनसेवामा खटिन युवा नेता रञ्जय यादवको निर्देशन

१७ असोज २०८३ · 👁 692 पटक पढिएको
0Shares
f
बिन्दवासिनी गाउँपालिकामा रास्वपाको पालिका बैठक सम्पन्न: सांसद रमाकान्त चौरसियाको विशेष उपस्थिति, जनसेवामा खटिन युवा नेता रञ्जय यादवको निर्देशन

बिन्दवासिनी गाउँपालिकामा रास्वपाको पालिका बैठक सम्पन्न: सांसद रमाकान्त चौरसियाको विशेष उपस्थिति, जनसेवामा खटिन युवा नेता रञ्जय यादवको निर्देशन

वीरगञ्ज (पर्सा)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बिन्दवासिनी गाउँपालिका स्तरीय पालिका बैठक भव्य रूपमा सम्पन्न भएको छ। आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी आयोजना गरिएको उक्त बैठकले पालिकामा सङ्गठनलाई तल्लो तहसम्म सुदृढ बनाउने, सुशासन कायम गर्ने र जनताका समस्या समाधानमा प्रत्यक्ष रूपमा खट्ने कडा रणनीति पारित गरेको छ।

बैठकलाई सम्बोधन गर्दै युवा नेता रञ्जय यादवले रास्वपाको मुख्य एजेण्डा नै सुशासन, भ्रष्टाचार नियन्त्रण र सामाजिक रूपान्तरण रहेको बताउनुभयो। उहाँले केवल चुनावमा उम्मेदवारी दिनका लागि फारम भर्दैमा राजनीति सफल नहुने उल्लेख गर्दै समाज, टोल, गाउँ र पालिकाका विकृति-विसङ्गति उजागर गर्न तथा जनताका समस्या समाधानमा अग्रसर हुन कार्यकर्ताहरूलाई कडा निर्देशन दिनुभयो।
युवा नेता रञ्जय यादवले भन्नुभयो, "हामी जिते पनि वा नजिते पनि जनताको सेवामा निरन्तर खटिनुपर्छ। हाम्रो पार्टी सत्ता वा पदका लागि होइन, समाजका विकृति, भ्रष्टाचार र बेथितिविरुद्ध लड्नका लागि बनेको हो। गाउँ-ठाउँमा भइरहेका भ्रष्टाचार र अन्यायविरुद्ध आँखा चिम्लेर बस्ने छुट कसैलाई छैन।"

उक्त बैठकमा पर्सा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य (सांसद) रमाकान्त चौरसिया, रास्वपा बिन्दवासिनी गाउँपालिकाका सभापति बिनोद कुमार चौरसिया, सचिव सुजित कुमार साह, विशाल पासवान, शिवनारायण कुशवाहा लगायतका नेता तथा कार्यकर्ताहरूको विशेष उपस्थिति रहेको थियो।

बैठकका अन्य वक्ताहरूले पनि गाउँपालिकाभित्रका सडक, शिक्षा, स्वास्थ्य, ढल-नाला र पिउने पानीका विकराल समस्याहरूलाई कडाइका साथ उठाउनुपर्ने र स्थानीय सरकारलाई जवाफदेही बनाउनुपर्नेमा जोड दिएका थिए।

सम्बन्धित समाचार

धरानमा हवाई फायर गरी २ सय ९ किलो गाँजासहित पाँच जना पक्राउ
काँग्रेस ‘२.o’ को आवरणमा १८ करोडको वि*वाद ! गगनमाथि अमरेशको प्र*हार: ‘जनतालाई भाषण होइन, हिसाब चाहियो !’
मोज्तबा खामेनेईको कडा चेतावनी: अमेरिकी र इजरायली निशानामाथि तत्काल आक्रमण गर्न इरानी कमाण्डरहरूलाई निर्देशन
बाराको फेटा घटना: एसएसपी ढकालको नेतृत्वमा छानबिन समिति गठन, इन्स्पेक्टर लामाको जिम्मेवारी खोसियो