काँग्रेस १५ औँ महाधिवेशन: डा. सुनिल शर्माद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा
१७ असोज २०८३ · 👁 258 पटक पढिएको
काँग्रेस १५ औँ महाधिवेशन: डा. सुनिल शर्माद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा
काठमाडौँ — नेपाली काँग्रेसका युवा नेता तथा सांसद डा. सुनिल शर्माले पार्टीको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमार्फत डा. शर्माले महामन्त्री पदमा आफ्नो उम्मेदवारीको औपचारिक घोषणा गरेका हुन्। मोरङ क्षेत्र नं. ३ बाट उल्लेख्य मतका साथ महाधिवेशन प्रतिनिधि चुनिएका शर्माले पार्टीलाई जनतासँग सीधा जोड्ने, सुशासन कायम गर्ने र साङ्गठनिक सुदृढीकरणका लागि आफूले महामन्त्रीमा दाबी गरेको बताएका छन्।
स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका शर्माको उम्मेदवारी घोषणासँगै काँग्रेसभित्र महामन्त्री पदको चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ। काँग्रेसको आगामी महाधिवेशनमा सभापति, उपसभापति र महामन्त्रीलगायतका मुख्य पदहरूमा युवा नेताहरूको आकर्षण बढ्दो छ।