The Highlights Nepal
THE HIGHLIGHTS NEPALद हाइलाइट्स नेपाल
· काठमाडौं 23°C
ब्रेकिङ
काँग्रेस ‘२.o’ को आवरणमा १८ करोडको वि*वाद ! गगनमाथि अमरेशको प्र*हार: ‘जनतालाई भाषण होइन, हिसाब चाहियो !’  •  रुपल जैसवार राष्ट्रिय बजरंग दलको पर्सा जिल्ला अध्यक्षमा नियुक्त  •  हिन्दू स्वयंसेवक संघ नेपालको आयोजनामा सञ्चालित ७ दिने आवासीय प्राथमिक शिक्षा वर्ग २०८३ को समापन कार्यक्रम वीरगन्जमा भव्य रूपमा सम्पन्न भएको छ ।  •  अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादले सखुवाप्रसौनीमा तलब संकट, शिक्षकदेखि कर्मचारीसम्म दसैँमा पारिश्रमिकविहीन  •  बहाना अनेक, गन्तव्य दिल्ली: रास्वपा नेताहरूको गुप्त दौडाहामा के पाक्दैछ खिचडी?  • 
विज्ञापन2
राष्ट्रिय

स्थानीय निर्वाचनको तयारीमा रास्वपा, उम्मेदवार छनोटबारे छलफल गर्न आज केन्द्रीय समिति बैठक

१७ असोज २०८३ · 👁 130 पटक पढिएको
0Shares
f
स्थानीय निर्वाचनको तयारीमा रास्वपा, उम्मेदवार छनोटबारे छलफल गर्न आज केन्द्रीय समिति बैठक

स्थानीय निर्वाचनको तयारीमा रास्वपा, उम्मेदवार छनोटबारे छलफल गर्न आज केन्द्रीय समिति बैठक

काठमाडौं ।
आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आन्तरिक तयारी र उम्मेदवार छनोट प्रक्रियालाई तीव्रता दिएको छ। यसै सन्दर्भमा स्थानीय निर्वाचनको रणनीति तथा उम्मेदवार छनोट सम्बन्धी छलफल गर्न रास्वपाले आज (शनिबार) केन्द्रीय समितिको बैठक बोलाएको छ।

पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्ने उक्त बैठकमा आगामी स्थानीय निर्वाचनका लागि उम्मेदवार चयन प्रक्रियालाई पारदर्शी, वस्तुनिष्ठ र मर्यादित बनाउन तय गरिएका मापदण्डबारे अन्तिम छलफल हुने जनाइएको छ।

रास्वपाले स्थानीय तह निर्वाचनका लागि आफ्ना सांसद तथा केन्द्रीय नेताहरूलाई आगामी असोज २० गतेदेखि देशभरका ७५३ वटै पालिकामा खटाउने तयारी गरिरहेको छ। पालिका केन्द्रित अभियान सुरु हुनुअघि बस्न लागेको आजको बैठकमा उम्मेदवार छनोटको रुपरेखालाई अन्तिम रूप दिने कार्यतालिका छ।

पार्टीले उम्मेदवार छनोट प्रक्रियाका लागि ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ जस्ता अवधारणा अघि सारेको छ, जहाँ उम्मेदवारहरूको क्षमता र पारदर्शितालाई मुख्य आधार मानिनेछ। उम्मेदवार सिफारिसका क्रममा आर्थिक लेनदेन वा चलखेल पूर्ण रूपमा प्रतिबन्धित गर्ने र त्यस्तो कार्यमा संलग्नलाई कडा अनुशासनको कारबाही गर्ने नीति रास्वपाले तय गरेको छ।

आजको बैठकमा पालिका अभियानको सञ्चालन ढाँचा, उम्मेदवार छनोट समितिको भूमिका र पार्टीको आन्तरिक संगठन सुदृढीकरणका विषयमा थप निर्णय हुने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

धरानमा हवाई फायर गरी २ सय ९ किलो गाँजासहित पाँच जना पक्राउ
काँग्रेस ‘२.o’ को आवरणमा १८ करोडको वि*वाद ! गगनमाथि अमरेशको प्र*हार: ‘जनतालाई भाषण होइन, हिसाब चाहियो !’
मोज्तबा खामेनेईको कडा चेतावनी: अमेरिकी र इजरायली निशानामाथि तत्काल आक्रमण गर्न इरानी कमाण्डरहरूलाई निर्देशन
बाराको फेटा घटना: एसएसपी ढकालको नेतृत्वमा छानबिन समिति गठन, इन्स्पेक्टर लामाको जिम्मेवारी खोसियो