जनकपुर–अयोध्या रेल सेवा: प्रधानमन्त्री बालेन शाह र भारतीय समकक्षी मोदीद्वारा संयुक्त उद्घाटन हुने
१३ कात्तिक २०८३ · 👁 231 पटक पढिएको
जनकपुरधाम:
नेपालको धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधामदेखि भारतको अयोध्या सीधा जोड्ने रामायण सर्किटअन्तर्गतको विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ।
नेपाल रेल्वेका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार आगामी मंसिर ६ गते हुने भारत भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा यस रेल सेवाको उद्घाटन गर्नेछन्।
दुवै देशका सुरक्षा, भन्सार र अध्यागमन अधिकारीहरूबीच आवश्यक सम्पूर्ण सहमति भइसकेको यस परियोजनाले माता सीताको जन्मभूमि र भगवान् रामको नगरीलाई सीधा मार्गबाट जोड्नेछ। यस ऐतिहासिक रेल सेवाले दुई देशबीचको धार्मिक पर्यटन प्रवर्द्धन हुनुका साथै स्थानीय स्तरमा आर्थिक गतिविधि र व्यापार व्यवसायमा समेत ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ।




