The Highlights Nepal
THE HIGHLIGHTS NEPALद हाइलाइट्स नेपाल
· काठमाडौं 23°C
ब्रेकिङ
काँग्रेस ‘२.o’ को आवरणमा १८ करोडको वि*वाद ! गगनमाथि अमरेशको प्र*हार: ‘जनतालाई भाषण होइन, हिसाब चाहियो !’  •  रुपल जैसवार राष्ट्रिय बजरंग दलको पर्सा जिल्ला अध्यक्षमा नियुक्त  •  हिन्दू स्वयंसेवक संघ नेपालको आयोजनामा सञ्चालित ७ दिने आवासीय प्राथमिक शिक्षा वर्ग २०८३ को समापन कार्यक्रम वीरगन्जमा भव्य रूपमा सम्पन्न भएको छ ।  •  अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादले सखुवाप्रसौनीमा तलब संकट, शिक्षकदेखि कर्मचारीसम्म दसैँमा पारिश्रमिकविहीन  •  बहाना अनेक, गन्तव्य दिल्ली: रास्वपा नेताहरूको गुप्त दौडाहामा के पाक्दैछ खिचडी?  • 
विज्ञापन2
राष्ट्रिय

गैरदलीय स्थानीय निर्वाचन र विदेशमा रहेका नेपालीको मतदान अधिकार माग गर्दै कुलमान घिसिङ आयोगमा

११ कात्तिक २०८३ · 👁 160 पटक पढिएको
1Shares
f
गैरदलीय स्थानीय निर्वाचन र विदेशमा रहेका नेपालीको मतदान अधिकार माग गर्दै कुलमान घिसिङ आयोगमा

गैरदलीय स्थानीय निर्वाचन र विदेशमा रहेका नेपालीको मतदान अधिकार माग गर्दै कुलमान घिसिङ आयोगमा


​काठमाडौँ — उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको नेतृत्वमा रहेको टोलीले निर्वाचन प्रणाली सुधार तथा गैरदलीय आधारमा स्थानीय तहको निर्वाचन गराउन माग गर्दै निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाएको छ।

​ज्ञापनपत्रमा नेपालको संविधानको धारा २४६ ले निर्वाचन आयोगलाई दिएको संवैधानिक जिम्मेवारीलाई ध्यानमा राख्दै निर्वाचन प्रणाली सुधार र विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित गर्न आवश्यक अध्ययन, सरोकारवालासँग परामर्श तथा सम्बन्धित निकायसँग समन्वय गर्न आग्रह गरिएको छ।

​पार्टीका तर्फबाट प्रस्तुत ज्ञापनपत्रमा आगामी स्थानीय तहको निर्वाचनअघि नै गैरदलीय निर्वाचन प्रणालीबारे गहन अध्ययन, आवश्यक कानुनी संशोधन र सोको कार्यान्वयनका लागि समयबद्ध कार्ययोजना तयार गर्न जोडदार माग गरिएको छ।

​स्थानीय सरकारलाई दलीय स्वार्थ र दलीय प्रतिस्पर्धाभन्दा माथि उठाएर नागरिक सेवा, स्थानीय विकास र सार्वजनिक जवाफदेहिताको सशक्त माध्यम बनाउनुपर्ने धारणा पार्टीले व्यक्त गरेको छ। साथै, वैदेशिक रोजगारी तथा अध्ययनका सिलसिलामा विदेशमा रहेका ठूलो संख्याका नेपाली नागरिकलाई लोकतान्त्रिक प्रक्रियामा सहभागी गराउन र उनीहरूको मतदान अधिकार सुनिश्चित गर्ने आफ्नो प्रतिबद्धतासमेत पार्टीले दोहोर्‍याएको छ।

सम्बन्धित समाचार

धरानमा हवाई फायर गरी २ सय ९ किलो गाँजासहित पाँच जना पक्राउ
काँग्रेस ‘२.o’ को आवरणमा १८ करोडको वि*वाद ! गगनमाथि अमरेशको प्र*हार: ‘जनतालाई भाषण होइन, हिसाब चाहियो !’
मोज्तबा खामेनेईको कडा चेतावनी: अमेरिकी र इजरायली निशानामाथि तत्काल आक्रमण गर्न इरानी कमाण्डरहरूलाई निर्देशन
बाराको फेटा घटना: एसएसपी ढकालको नेतृत्वमा छानबिन समिति गठन, इन्स्पेक्टर लामाको जिम्मेवारी खोसियो