The Highlights Nepal
THE HIGHLIGHTS NEPALद हाइलाइट्स नेपाल
· काठमाडौं 23°C
ब्रेकिङ
काँग्रेस ‘२.o’ को आवरणमा १८ करोडको वि*वाद ! गगनमाथि अमरेशको प्र*हार: ‘जनतालाई भाषण होइन, हिसाब चाहियो !’  •  रुपल जैसवार राष्ट्रिय बजरंग दलको पर्सा जिल्ला अध्यक्षमा नियुक्त  •  हिन्दू स्वयंसेवक संघ नेपालको आयोजनामा सञ्चालित ७ दिने आवासीय प्राथमिक शिक्षा वर्ग २०८३ को समापन कार्यक्रम वीरगन्जमा भव्य रूपमा सम्पन्न भएको छ ।  •  अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादले सखुवाप्रसौनीमा तलब संकट, शिक्षकदेखि कर्मचारीसम्म दसैँमा पारिश्रमिकविहीन  •  बहाना अनेक, गन्तव्य दिल्ली: रास्वपा नेताहरूको गुप्त दौडाहामा के पाक्दैछ खिचडी?  • 
विज्ञापन2
अर्थ

राष्ट्रिय वाणिज्य बैंकको ३ अर्बको ऋणपत्र बिक्री खुला, वार्षिक ६ प्रतिशत ब्याज पाइने

Amrit Kushwaha · २९ असोज २०८३ · 👁 195 पटक पढिएको
0Shares
f
राष्ट्रिय वाणिज्य बैंकको ३ अर्बको ऋणपत्र बिक्री खुला, वार्षिक ६ प्रतिशत ब्याज पाइने

काठमाडौं, असोज २९ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आजदेखि सर्वसाधारणका लागि ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको छ। बैंकले ‘६ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८९’ नामक ऋणपत्र सात वर्ष अवधिका लागि वार्षिक ६ प्रतिशत ब्याजदरमा जारी गरेको हो।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्रमार्फत कुल ३ अर्ब रुपैयाँ जुटाउन लागेको छ। जसमध्ये १२ लाख कित्ता अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि छुट्याइएको छ भने बाँकी १८ लाख कित्ता निजी तवरबाट बिक्री गरिनेछ।

इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता अर्थात् २५ हजार रुपैयाँ बराबरको आवेदन दिन सक्नेछन्। अधिकतममा भने उपलब्ध सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ।

ऋणपत्रमा आवेदन दिने समय कात्तिक १० गतेसम्म तोकिएको छ। उक्त अवधिमा पूर्ण आवेदन नपरेमा कात्तिक १२ गतेसम्म आवेदन अवधि थप हुन सक्नेछ।

यस ऋणपत्रमा लगानी गर्न इच्छुक व्यक्तिले ‘मेरो शेयर’ वा सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्नेछन्। ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ।

सम्बन्धित समाचार

चालु आर्थिक वर्षको चौथो त्रैमासिक: नेपालको जीडीपी १.५४ प्रतिशतले बढ्यो, बालेन सरकारको पहिलो त्रैमासिकमा अर्थतन्त्रमा सकारात्मक सुधार
आधारभूत शेयरधनीको शेयर बिक्री नियममा SEBON को नयाँ व्यवस्था: नेप्सेमा सकारात्मक प्रभाव