चालु आर्थिक वर्षको चौथो त्रैमासिक: नेपालको जीडीपी १.५४ प्रतिशतले बढ्यो, बालेन सरकारको पहिलो त्रैमासिकमा अर्थतन्त्रमा सकारात्मक सुधार
२९ असोज २०८३ · 👁 50 पटक पढिएको
चालु आर्थिक वर्षको चौथो त्रैमासिक: नेपालको जीडीपी १.५४ प्रतिशतले बढ्यो, बालेन सरकारको पहिलो त्रैमासिकमा अर्थतन्त्रमा सकारात्मक सुधार
काठमाडौँ: राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय लेखा अनुमानअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) अघिल्लो त्रैमासिकको तुलनामा १.५४ प्रतिशतले बढेको छ। यो अवधि वर्तमान बालेन नेतृत्वको सरकारको पहिलो त्रैमासिक हो।
अन्तर्राष्ट्रिय मुद्रा कोषको अरिमा विधि प्रयोग गरी तयार पारिएको मौसमी प्रभाव समायोजित तथ्याङ्कले माघदेखि चैतसम्मको तेस्रो त्रैमासिकको तुलनामा चौथो त्रैमासिकमा अर्थतन्त्र विस्तार भएको देखाएको कार्यालयले जनाएको छ। त्यस्तै, अघिल्लो आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिकको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा आधारभूत मूल्यमा जीडीपी वृद्धिदर ४ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ।
आर्थिक वृद्धिका प्रमुख आधारहरू:
विद्युत् उत्पादन, प्रसारण तथा वितरण, बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन र कर्जा प्रवाह, निर्जीवन बीमाको प्रिमियम सङ्कलन तथा आवास र भोजन सेवामा भएको विस्तारले आर्थिक वृद्धिमा मुख्य योगदान पुर्याएको छ। यद्यपि, सरकारी खर्चमा आएको कमी तथा औद्योगिक र कृषि उत्पादनमा भएको सामान्य वृद्धिका कारण समग्र आर्थिक विस्तार अपेक्षाकृत सीमित रहेको देखिएको छ।
कार्यालयले अध्ययन गरेका १८ औद्योगिक क्षेत्रमध्ये वार्षिक तुलनामा १७ वटामा सकारात्मक वृद्धि देखिएको छ भने सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रमा मात्रै ऋणात्मक वृद्धि (०.१२ प्रतिशत) रहेको छ।
कुन क्षेत्रमा कति वृद्धि?
विद्युत् तथा ग्यास: २४.३६ प्रतिशत (सर्वाधिक वृद्धि)
वित्तीय तथा बीमा क्रियाकलाप: ९.०७ प्रतिशत
आवास तथा भोजन सेवा: ७.८४ प्रतिशत
सूचना तथा सञ्चार क्षेत्र: ७.६६ प्रतिशत
यातायात तथा भण्डारण: ६.८१ प्रतिशत
थोक तथा खुद्रा व्यापार: ५.९७ प्रतिशत
कृषि, वन तथा मत्स्य क्षेत्र: १.३५ प्रतिशत
औद्योगिक उत्पादन: १.४४ प्रतिशत
समग्रमा, चालु आर्थिक वर्षको चौथो त्रैमासिकमा अर्थतन्त्रका अधिकांश क्षेत्रमा सुधार देखिए पनि कृषि तथा औद्योगिक उत्पादनको वृद्धि भने सीमित रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले औँल्याएको छ।