The Highlights Nepal
THE HIGHLIGHTS NEPALद हाइलाइट्स नेपाल
· काठमाडौं 23°C
ब्रेकिङ
काँग्रेस ‘२.o’ को आवरणमा १८ करोडको वि*वाद ! गगनमाथि अमरेशको प्र*हार: ‘जनतालाई भाषण होइन, हिसाब चाहियो !’  •  रुपल जैसवार राष्ट्रिय बजरंग दलको पर्सा जिल्ला अध्यक्षमा नियुक्त  •  हिन्दू स्वयंसेवक संघ नेपालको आयोजनामा सञ्चालित ७ दिने आवासीय प्राथमिक शिक्षा वर्ग २०८३ को समापन कार्यक्रम वीरगन्जमा भव्य रूपमा सम्पन्न भएको छ ।  •  अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादले सखुवाप्रसौनीमा तलब संकट, शिक्षकदेखि कर्मचारीसम्म दसैँमा पारिश्रमिकविहीन  •  बहाना अनेक, गन्तव्य दिल्ली: रास्वपा नेताहरूको गुप्त दौडाहामा के पाक्दैछ खिचडी?  • 
विज्ञापन2
राष्ट्रिय

नेपाल रेडक्रसद्वारा बाढीपीडितहरूका लागि व्यापक प्रतिकार्य सुरु

Amrit Kushwaha · २९ असोज २०८३ · 👁 161 पटक पढिएको
0Shares
f
नेपाल रेडक्रसद्वारा बाढीपीडितहरूका लागि व्यापक प्रतिकार्य सुरु

काठमाडौं, असोज २९। भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनाका लागि नेपाल रेडक्रस सोसाइटी र विदुर नगरपालिकाले सहकार्य सुरु गरेका छन्। अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटी महासंघ (आईएफआरसी) का महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईंको भ्रमणका क्रममा प्रभावित परिवारलाई तत्काल एक लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने जानकारी दिइएको हो।

सम्झौताअनुसार रेडक्रसले एक हजार परिवारको जीविकोपार्जन पुनःस्थापना, दुई हजार घरपरिवारलाई आवास भाडा सहयोग तथा ६०० घरपरिवारको प्रत्यक्ष व्यवस्थापन गर्नेछ। साथै, ३० हजार नागरिक लाभान्वित हुने गरी विदुर खानेपानी आयोजनाको ७.५ किलोमिटर पाइपलाइन मर्मत, स्वास्थ्य तथा शैक्षिक पूर्वाधार पुनःस्थापना र सरसफाइमा सहयोग गरिनेछ। कार्यक्रम प्रभावकारी बनाउन संयुक्त समन्वय समिति गठन गरिने जनाइएको छ।

सम्बन्धित समाचार

धरानमा हवाई फायर गरी २ सय ९ किलो गाँजासहित पाँच जना पक्राउ
काँग्रेस ‘२.o’ को आवरणमा १८ करोडको वि*वाद ! गगनमाथि अमरेशको प्र*हार: ‘जनतालाई भाषण होइन, हिसाब चाहियो !’
मोज्तबा खामेनेईको कडा चेतावनी: अमेरिकी र इजरायली निशानामाथि तत्काल आक्रमण गर्न इरानी कमाण्डरहरूलाई निर्देशन
बाराको फेटा घटना: एसएसपी ढकालको नेतृत्वमा छानबिन समिति गठन, इन्स्पेक्टर लामाको जिम्मेवारी खोसियो