The Highlights Nepal
THE HIGHLIGHTS NEPALद हाइलाइट्स नेपाल
· काठमाडौं 23°C
ब्रेकिङ
काँग्रेस ‘२.o’ को आवरणमा १८ करोडको वि*वाद ! गगनमाथि अमरेशको प्र*हार: ‘जनतालाई भाषण होइन, हिसाब चाहियो !’  •  रुपल जैसवार राष्ट्रिय बजरंग दलको पर्सा जिल्ला अध्यक्षमा नियुक्त  •  हिन्दू स्वयंसेवक संघ नेपालको आयोजनामा सञ्चालित ७ दिने आवासीय प्राथमिक शिक्षा वर्ग २०८३ को समापन कार्यक्रम वीरगन्जमा भव्य रूपमा सम्पन्न भएको छ ।  •  अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादले सखुवाप्रसौनीमा तलब संकट, शिक्षकदेखि कर्मचारीसम्म दसैँमा पारिश्रमिकविहीन  •  बहाना अनेक, गन्तव्य दिल्ली: रास्वपा नेताहरूको गुप्त दौडाहामा के पाक्दैछ खिचडी?  • 
विज्ञापन2
राष्ट्रिय

​बाढीले क्षति पुर्‍याएको मालढुंगा पुल मर्मत गर्न सुरक्षा निकाय फिल्डमै, छिट्टै सञ्चालनमा ल्याउने तयारी

२६ असोज २०८३ · 👁 184 पटक पढिएको
1Shares
f
​बाढीले क्षति पुर्‍याएको मालढुंगा पुल मर्मत गर्न सुरक्षा निकाय फिल्डमै, छिट्टै सञ्चालनमा ल्याउने तयारी

​बागलुङ/पर्वत
कालीगण्डकी नदीमा आएको बाढीका कारण क्षतिग्रस्त बनेको पर्वत र बागलुङ जोड्ने मालढुंगा पुलको मर्मत कार्यलाई तीव्र पारिएको छ। यातायात सञ्चालन छिटोभन्दा छिटो सहज बनाउने उद्देश्यले विगत १० दिनदेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरू निरन्तर मर्मत कार्यमा खटिएका छन्।
​अविरल वर्षासँगै कालीगण्डकी नदीमा आएको बाढीले मालढुंगा पुलको पर्वत खण्डतर्फको पहुँचमार्ग (एप्रोच रोड) कटान गरेपछि आवतजावत ठप्प भएको थियो। बागलुङलगायत पश्चिमी क्षेत्र जोड्ने यो महत्त्वपूर्ण सडक सम्पर्क विच्छेद भएपछि स्थानीय बासिन्दा तथा यात्रुहरूले सास्ती व्यहोर्दै आएका छन्।
​मर्मत कार्यलाई द्रुत गतिमा अघि बढाउन बागलुङस्थित सुरक्षा निकायहरूबाट खटिएका टोलीहरूले जिओ ब्याग भर्ने, ग्याभियन भर्ने तथा कटान भएको पहुँचमार्ग पुनरुत्थान गर्ने कार्य गरिरहेका छन्।
​स्थानीय प्रशासनका अनुसार मर्मत कार्य अन्तिम चरणतर्फ मोडिएको छ र मौसमले साथ दिएमा तथा काम निरन्तर अघि बढेमा छिट्टै पुलमार्फत सवारी साधनको आवतजावत पुनः सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। सुरक्षाकर्मी, प्राविधिक र स्थानीयको संयुक्त प्रयासले कटान रोक्ने र अस्थायी बाटो बनाउने काम तीव्र पारिएको हो।

सम्बन्धित समाचार

धरानमा हवाई फायर गरी २ सय ९ किलो गाँजासहित पाँच जना पक्राउ
काँग्रेस ‘२.o’ को आवरणमा १८ करोडको वि*वाद ! गगनमाथि अमरेशको प्र*हार: ‘जनतालाई भाषण होइन, हिसाब चाहियो !’
मोज्तबा खामेनेईको कडा चेतावनी: अमेरिकी र इजरायली निशानामाथि तत्काल आक्रमण गर्न इरानी कमाण्डरहरूलाई निर्देशन
बाराको फेटा घटना: एसएसपी ढकालको नेतृत्वमा छानबिन समिति गठन, इन्स्पेक्टर लामाको जिम्मेवारी खोसियो