The Highlights Nepal
THE HIGHLIGHTS NEPALद हाइलाइट्स नेपाल
· काठमाडौं 23°C
ब्रेकिङ
काँग्रेस ‘२.o’ को आवरणमा १८ करोडको वि*वाद ! गगनमाथि अमरेशको प्र*हार: ‘जनतालाई भाषण होइन, हिसाब चाहियो !’  •  रुपल जैसवार राष्ट्रिय बजरंग दलको पर्सा जिल्ला अध्यक्षमा नियुक्त  •  हिन्दू स्वयंसेवक संघ नेपालको आयोजनामा सञ्चालित ७ दिने आवासीय प्राथमिक शिक्षा वर्ग २०८३ को समापन कार्यक्रम वीरगन्जमा भव्य रूपमा सम्पन्न भएको छ ।  •  अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादले सखुवाप्रसौनीमा तलब संकट, शिक्षकदेखि कर्मचारीसम्म दसैँमा पारिश्रमिकविहीन  •  बहाना अनेक, गन्तव्य दिल्ली: रास्वपा नेताहरूको गुप्त दौडाहामा के पाक्दैछ खिचडी?  • 
विज्ञापन2
राष्ट्रिय

बाढी-पहिरोको वितण्डापछि पूर्वराजा ज्ञानेन्द्र शाहले दशैंमा सर्वसाधारणलाई टीका नलगाइदिने

२५ असोज २०८३ · 👁 48 पटक पढिएको
2Shares
f
बाढी-पहिरोको वितण्डापछि पूर्वराजा ज्ञानेन्द्र शाहले दशैंमा सर्वसाधारणलाई टीका नलगाइदिने

बाढी-पहिरोको वितण्डापछि पूर्वराजा ज्ञानेन्द्र शाहले दशैंमा सर्वसाधारणलाई टीका नलगाइदिने

काठमाडौं। देशका विभिन्न भू-भागमा आएको भीषण बाढी, पहिरो र डुबानका कारण ठूलो जनधनको क्षति भएको प्रति दुःख व्यक्त गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको बडादशैं सादगीपूर्वक मनाउने निर्णय गरेका छन्। सोही निर्णयअनुसार यस वर्ष विजयादशमीको दिन निर्मल निवासमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने कार्यक्रम नरहने भएको छ।

निर्मल निवासस्थित पूर्वराजाको संवाद सचिवालयले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस वर्षको दशैं औपचारिक र भव्य रूपमा नमनाई सादगीपूर्वक मनाइने जानकारी दिएको हो।

सचिवालयद्वारा जारी सूचनामा गत भदौ १० गतेको हिमपहिरोका कारण आएको भीषण बाढी र असोज महिनामा परेको अविरल वर्षाले देशका विभिन्न भागमा सयौं मानिसको दुःखद निधन हुनुका साथै हजारौं नागरिक विस्थापित हुनु परेको उल्लेख छ।

विपत्तिका कारण मुलुकले व्यहोर्नुपरेको अपूरणीय क्षति र आम नागरिकको असहज परिस्थितिप्रति संवेदनशील हुँदै पूर्वराजाबाट यो निर्णय लिइएको हो।

‘आफ्नो आस्था, मान्यता र मर्यादालाई कायम राख्दै यस वर्षको बडादशैं पर्व सादगीपूर्वक मनाउने निधो गरिबक्सेको छ,’ संवाद सचिवालयद्वारा जारी सूचनामा भनिएको छ।

साथै, विपत्तिको यस घडीमा परम्परागत धार्मिक निष्ठा कायम राख्दै औपचारिक उत्सव र सर्वसाधारणलाई टीका-जमरा वितरण गर्ने कार्यक्रम स्थगित गरिएको सचिवालयले प्रष्ट पारेको छ।

सम्बन्धित समाचार

धरानमा हवाई फायर गरी २ सय ९ किलो गाँजासहित पाँच जना पक्राउ
काँग्रेस ‘२.o’ को आवरणमा १८ करोडको वि*वाद ! गगनमाथि अमरेशको प्र*हार: ‘जनतालाई भाषण होइन, हिसाब चाहियो !’
मोज्तबा खामेनेईको कडा चेतावनी: अमेरिकी र इजरायली निशानामाथि तत्काल आक्रमण गर्न इरानी कमाण्डरहरूलाई निर्देशन
बाराको फेटा घटना: एसएसपी ढकालको नेतृत्वमा छानबिन समिति गठन, इन्स्पेक्टर लामाको जिम्मेवारी खोसियो