मुलुकमा लोकतन्त्र र संविधानप्रति खतरा देखिएकाले राजनितीमा फर्किएँ: भण्डारी
२३ असोज २०८३ · 👁 53 पटक पढिएको
मुलुकमा लोकतन्त्र र संविधानप्रति खतरा देखिएकाले राजनितीमा फर्किएँ: भण्डारी
काठमाडौं — नेकपा (एमाले) की वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा लोकतन्त्र र संविधानप्रति खतरा देखिएको बताएकी छन्। पार्टी मुख्यालय च्यासलमा बसेको स्थायी कमिटी बैठकमा उनले ११ वर्षपछि पार्टीको सक्रिय राजनीतिमा फर्किएको जानकारी गराउँदै लोकतन्त्रको रक्षा गर्ने दायित्व राजनीतिक दलहरूको भएको स्पष्ट पारेकी हुन्।
पार्टी सचिव पद्मा अर्यालले दिएको जानकारीअनुसार बैठकमा भण्डारीले भनिन्, ‘११ वर्षपछि पार्टी जीवनमा फर्किएको छु। आज मुलुकमा लोकतन्त्र र संविधानप्रति खतरा देखिइरहेको छ, अब यसको रक्षा गर्ने भनेको राजनीतिक दलले नै हो। जसले लोकतन्त्र स्थापना गरे, तिनै दलहरूले नै यसको रक्षा गर्ने हो।’
राजनीतिक आन्दोलनमा आफू पनि सुरुदेखि नै सरिक रहेको र त्यसप्रति अगाध माया तथा विश्वास रहेको उल्लेख गर्दै उनले राजनीतिमा सक्रिय भएर लोकतन्त्र र गणतन्त्रलाई थप सुदृढ बनाउन मद्दत पुर्याउने उद्देश्यले पार्टी जीवनमा पुनरागमन गरेको बताएकी छन्।