मधेश मेट्रो मुभमेन्ट’को प्रदर्शन छैठौँ दिन पनि जारी: "उठाइएका माग होइन, आधारभूत आवश्यकता हुन्"
१८ असोज २०८३ · 👁 578 पटक पढिएको
‘मधेश मेट्रो मुभमेन्ट’को प्रदर्शन छैठौँ दिन पनि जारी: "उठाइएका माग होइन, आधारभूत आवश्यकता हुन्"
वीरगञ्ज — वीरगञ्जको समग्र विकास, विभेदको अन्त्य र सामाजिक न्यायको माग गर्दै सुरु भएको ‘मधेश मेट्रो मुभमेन्ट’को दबाबमूलक प्रदर्शन आज छैठौँ दिन पनि निरन्तर जारी रहेको छ।
"उपेक्षा होइन, विकास चाहियो; असमानता होइन, सामाजिक न्याय चाहियो" भन्ने नाराका साथ आन्दोलनमा उत्रिएका अभियानकर्ताहरूले आफूहरूले अघि सारेका १९ बुँदे मागहरू सामान्य माग मात्र नभई वीरगञ्जबासीका लागि न्यूनतम आधारभूत आवश्यकता भएको स्पष्ट पारेका छन्।
वीरगञ्जलाई वर्षौंदेखि बजेट र पूर्वाधार विकासमा पछाडि पारिएको भन्दै अभियानकर्ताहरूले प्रदर्शनलाई थप सशक्त बनाउँदै लगेका हुन्।
अभियानले उठाएका प्रमुख आधारभूत मागहरू:
* स्वास्थ्य र शिक्षा पूर्वाधार: त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (T.U. Teaching Hospital) स्तरको सुविधा सम्पन्न शिक्षण अस्पताल, आधुनिक इन्जिनियरिङ कलेज र हाइ-टेक (Hi-Tech) डिजिटल पुस्तकालयको स्थापना।
* शहरी तथा सडक पूर्वाधार: काठमाडौँ सरह वीरगञ्जको दीर्घकालीन विकासका लागि चक्रपथ (Ring Road), फ्लाईओभर, एकीकृत भूगर्भ सुरुङ प्रविधि र सुरक्षित सडक सञ्जालको निर्माण।
* यातायात र सुविधा: प्रदेश र स्थानीय सरकारको समन्वयमा आधुनिक एकीकृत बस पार्क, टर्मिनल र स्मार्ट बस स्टप व्यवस्थापन।
* नदी संरक्षण र सौन्दर्यीकरण: नारायणी करिडोर, नदी किनारको सौन्दर्यीकरण, तटबन्ध निर्माण तथा इन्डोर र कभर्ड हल/स्टेडियमको निर्माण।
* भाषा र संस्कृति: भोजपूरी भाषा, संस्कृति र मधेशी सभ्यताको पहिचान जोगाउन सांस्कृतिक प्रज्ञा प्रतिष्ठान तथा सङ्ग्रहालयको स्थापना।
छैठौँ दिनको प्रदर्शनमा सहभागी अभियानकर्ताहरूले सरकार तथा सम्बन्धित निकायले वीरगञ्जको विकासका लागि ठोस कदम नचालेसम्म र यी आधारभूत मागहरू सम्बोधन नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन्।