The Highlights Nepal
THE HIGHLIGHTS NEPALद हाइलाइट्स नेपाल
· काठमाडौं 23°C
ब्रेकिङ
काठमाडौंमा कुखुराको मासु किन्दा अब प्रतिकेजी ३५० रुपैयाँ मात्र तिर्नुहोस्!  •  काँग्रेस ‘२.o’ को आवरणमा १८ करोडको वि*वाद ! गगनमाथि अमरेशको प्र*हार: ‘जनतालाई भाषण होइन, हिसाब चाहियो !’  •  रुपल जैसवार राष्ट्रिय बजरंग दलको पर्सा जिल्ला अध्यक्षमा नियुक्त  •  हिन्दू स्वयंसेवक संघ नेपालको आयोजनामा सञ्चालित ७ दिने आवासीय प्राथमिक शिक्षा वर्ग २०८३ को समापन कार्यक्रम वीरगन्जमा भव्य रूपमा सम्पन्न भएको छ ।  •  अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादले सखुवाप्रसौनीमा तलब संकट, शिक्षकदेखि कर्मचारीसम्म दसैँमा पारिश्रमिकविहीन  • 
विज्ञापन2
राष्ट्रिय

चोलेन्द्र र इनमको कनेक्सन: तीन पूर्वप्रधानमन्त्रीका पिएहरूसम्म पुग्यो प्रहरी अनुसन्धान

१३ कात्तिक २०८३ · 👁 133 पटक पढिएको
1Shares
f
चोलेन्द्र र इनमको कनेक्सन: तीन पूर्वप्रधानमन्त्रीका पिएहरूसम्म पुग्यो प्रहरी अनुसन्धान

​काठमाडौँ — अदालतका मुद्दा मिलाइदिने र बिचौलियाको काम गरी घुसको लेनदेन गराएको आरोपमा प्रहरी हिरासतमा रहेका मुख्य बिचौलिया इनम सापकोटा र लगानी बोर्डका पूर्वसीइओ सुशील भट्टको बयानका आधारमा प्रहरी अनुसन्धानले नयाँ मोड लिएको छ। पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणासँग मिलेर ठूला व्यापारिक घराना तथा बिचौलिया संयन्त्रमार्फत अदालतका फैसलामा चलखेल गरेको आरोपमा पक्राउ परेका इनमको डिजिटल फोरेंसिक जाँचका क्रममा उच्चस्तरीय राजनीतिक पहुँचको खुलासा भएको छ।

​प्रहरीले इनमको मोबाइल तथा डिजिटल सामाग्री जाँच गर्दा देशका तीन मुख्य दलका शीर्ष नेता एवं पूर्वप्रधानमन्त्रीहरूका स्वकीय सचिव (पिए) हरूसँग बाक्लो संवाद र शङ्कास्पद लेनदेन भएको तथ्य फेला पारेको छ। यसैका आधारमा प्रहरी र अख्तियार दुरुपयोग अनुसन्धान आयोग (CIAA) ले पूर्वप्रधानमन्त्रीहरूका निकटतम पात्रहरूमाथि छानबिनको घेरा कडा बनाएका छन्:


​छानबिनको घेरामा परेका पूर्वप्रधानमन्त्रीका पिएहरू:

  • ​भानु देउवा (नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पिए): लामो समयदेखि देउवाको सचिवालय सम्हाल्दै आएका भानु र इनमबीच भएका आर्थिक कारोबार तथा शङ्कास्पद लेनदेनबारे प्रहरी र अख्तियारले विस्तृत अध्ययन गरिरहेका छन्।
  • ​गंगा दाहाल (नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की छोरी/पिए): दाइ प्रकाश दाहालको निधनपछि सचिवालयको प्रमुख भूमिकामा रहँदै आएकी गंगाको इनमसँग भएको संवाद, व्यावसायिक सम्बन्ध र लेनदेनबारे छानबिन सुरु भएको छ।
  • ​राजेश बज्राचार्य (नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पूर्वपिए): ओली तीन पटक प्रधानमन्त्री हुँदा सचिवालय सम्हालेका बज्राचार्यमाथि अख्तियार र प्रहरीले विशेष निगरानी राख्दै उनीसँगको आर्थिक सम्बन्ध छानबिन गरिरहेका छन्।

​अकुत सम्पत्ति आर्जन र लुकाएको आशंका

​अख्तियार उच्च स्रोतका अनुसार छानबिनमा तानिएका तीनै जनाको वैधानिक आय स्रोत मुख्यतया सरकारी नियुक्ति र पारिश्रमिक बाहेक अन्य नदेखिए पनि उनीहरूको दृश्य-अदृश्य सम्पत्ति भने अस्वाभाविक र अकुत देखिएको छ।


​"उनीहरूको वैधानिक आयस्रोतको तुलनामा सम्पत्ति अकुत देखिन्छ। आफन्त तथा नजिकका अन्य व्यक्तिहरूको नाममा समेत सम्पत्ति लुकाएको आशंकामा अहिले बैंक खाता, घरजग्गा तथा लगानीका विस्तृत विवरण मगाएर अनुसन्धान अघि बढाइएको छ।" — अख्तियार स्रोत


​प्रहरी र अख्तियारले इनम सापकोटा, सुशील भट्ट र पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेरसँगको यो 'नेक्सस'ले न्यायालय, सरकारी नियुक्ति र राज्यका नीतिगत निर्णयहरूमा कतिसम्म प्रभाव पारेको थियो भन्नेबारे अनुसन्धानलाई तीव्र बनाएका छन्।

सम्बन्धित समाचार

नेतन्याहुको सत्ता संकटमा, कुर्सी गुम्ने सम्भावना बढ्यो !
काठमाडौंमा कुखुराको मासु किन्दा अब प्रतिकेजी ३५० रुपैयाँ मात्र तिर्नुहोस्!
धरानमा हवाई फायर गरी २ सय ९ किलो गाँजासहित पाँच जना पक्राउ
काँग्रेस ‘२.o’ को आवरणमा १८ करोडको वि*वाद ! गगनमाथि अमरेशको प्र*हार: ‘जनतालाई भाषण होइन, हिसाब चाहियो !’