प्रभु बैंकका सीईओ सुमन शर्मासहित ४ जनाविरुद्ध पक्राउ पुर्जी
१७ असोज २०८३ · 👁 89 पटक पढिएको
प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन शर्मा, वीरगञ्ज शाखाका तत्कालीन नायब प्रबन्धक केदार सिंह, वरिष्ठ अधिकृत सुबोध जोशी र कर्जा प्रशासनका तत्कालीन प्रमुख रवीन्द्र केसी गरी ४ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा ठगी तथा आपराधिक विश्वासघातको मुद्दा दायर भई पक्राउ पुर्जी जारी भएको छ। अञ्जली इन्टरनेसनलकी प्रोप्राइटर निर्मला देवीको कर्जा मागका क्रममा रु ३ करोड ८९ लाख १४ हजार कर्जा स्वीकृत गर्दा भएको विवादलाई लिएर यो कारबाही अघि बढेको हो।




