पर्साको जगरनाथपुरमा रास्वपाद्वारा दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न
पर्साको जगरनाथपुरमा रास्वपाद्वारा दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न
पर्सा, कार्तिक ११ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा निर्वाचन क्षेत्र नं. ३ समितिको आयोजनामा हिन्दूहरूको महान् पर्व दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान एवम् अन्तरक्रिया कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।
जगरनाथपुर गाउँपालिका वडा नं. ६ स्थित प्रसौनी टोलमा आयोजित उक्त कार्यक्रममा क्षेत्रीय सभापति जितेन्द्र मिश्र, शाक्यज्यूलगायत विभिन्न राजनीतिक व्यक्तित्वहरू, पार्टीका नेता–कार्यकर्ताहरू तथा ठूलो संख्यामा घण्टीप्रेमीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा पर्सा क्षेत्र नं. २, ३ र ४ का माननीय सांसदज्यूहरू तथा समानुपातिक सांसदज्यूहरूको विशेष उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले संगठन विस्तार, आपसी एकता, सहकार्य र जनताका आवाजलाई प्राथमिकतामा राखेर आगामी दिनमा अगाडि बढ्नुपर्नेमा जोड दिए।
त्यसैगरी, जनताको अपेक्षा, सुशासन र सकारात्मक परिवर्तनका मुद्दाहरूलाई केन्द्रमा राख्दै सबैको साथ, सहयोग र सहभागितासहित पार्टीका आगामी कार्ययोजनाहरू कार्यान्वयन गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ। क्षेत्र सचिव अरुण गुसाद्वारा जारी सूचनाअनुसार आयोजित यस कार्यक्रमले स्थानीय स्तरमा पार्टी संगठनलाई थप चलायमान बनाउन सहयोग पुगेको विश्वास गरिएको छ।




