दीपिकाले पाएको घृणाको १ प्रतिशत पनि उनीहरूले पाएनन्’: विजय-रश्मिकाको ‘कफी विथ करण’ विवाद, फेक पोस्ट र ट्रोलिङका कारण स्थिति तनावपूर्ण
चर्चित कलाकार जोडी विजय देवरकोंडा र रश्मिका मन्दना लोकप्रिय टक शो 'कफी विथ करण ९' (Koffee With Karan 9) मा उपस्थित भएपछि सोसल मिडियामा तिव्र आलोचना र ट्रोलिङको शिकार बनेका छन्। शोका क्रममा उनीहरूले आफ्नो विवाह र प्रेमसम्बन्धी खोलेका केही कुराहरूलाई लिएर इन्टरनेटमा विभिन्न भ्रामक पोस्ट तथा प्रतिक्रियाहरूको बाढी आएको छ।
शोमा रश्मिकाले आफूले बिहेको प्रस्ताव राख्दा विजयले त्यसलाई १०० पटक दोहोर्याउन लगाएको बताएकी थिइन्। यही प्रसंगलाई उछालेर केही प्रयोगकर्ताहरूले विजयमाथि नकारात्मक टिप्पणी गरेका थिए भने कतिपयले यसलाई अनावश्यक रूपमा अतिरञ्जित बनाए। अनलाइनमा फैलिएका फेक पोस्ट, ब्रेकअप र सम्बन्धविच्छेदसम्बन्धी अपवाहका बीच केही प्रयोगकर्ताले अन्य स्टारहरू विशेषगरी दीपिका पादुकोणले अतीतमा भोग्नुपरेको ट्रोलिङको तुलना गर्दै "उनीहरूले दीपिकाले पाएको घृणाको १ प्रतिशत पनि पाएनन्" भन्दै कडा टिप्पणी गरेका छन्।
बढ्दो अनलाइन दुव्र्यवहार र भ्रामक दाबीहरूले सीमा नाघेएपछि अभिनेत्री रश्मिकाले लामो सामाजिक सञ्जाल पोष्टमार्फत आफ्नो भावना स्पष्ट पार्दै परिवारमाथिको आक्रमण अस्वीकार्य रहेको बताएकी छिन्। साथै, अभिनेता विजयले पनि आलोचकहरूलाई कडा शब्दमा जवाफ फर्काएका छन्। यसरी अनलाइनमा फैलाइएका नक्कली खबर र उत्पीडनका बिरुद्ध कलाकारहरूको तर्फबाट हैदराबाद साइबर क्राइम अथोरिटीमा औपचारिक रूपमा उजुरी दर्ता गरिएको छ।




