The Highlights Nepal
THE HIGHLIGHTS NEPALद हाइलाइट्स नेपाल
· काठमाडौं 23°C
ब्रेकिङ
काठमाडौंमा कुखुराको मासु किन्दा अब प्रतिकेजी ३५० रुपैयाँ मात्र तिर्नुहोस्!  •  काँग्रेस ‘२.o’ को आवरणमा १८ करोडको वि*वाद ! गगनमाथि अमरेशको प्र*हार: ‘जनतालाई भाषण होइन, हिसाब चाहियो !’  •  रुपल जैसवार राष्ट्रिय बजरंग दलको पर्सा जिल्ला अध्यक्षमा नियुक्त  •  हिन्दू स्वयंसेवक संघ नेपालको आयोजनामा सञ्चालित ७ दिने आवासीय प्राथमिक शिक्षा वर्ग २०८३ को समापन कार्यक्रम वीरगन्जमा भव्य रूपमा सम्पन्न भएको छ ।  •  अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादले सखुवाप्रसौनीमा तलब संकट, शिक्षकदेखि कर्मचारीसम्म दसैँमा पारिश्रमिकविहीन  • 
विज्ञापन2
राष्ट्रिय स्वास्थ्य

बहुदरमाईमा हाम्रो युवा क्लबद्वारा आयोजित रक्तदानमा ३० जनाभन्दा बढी सहभागी ​

७ कात्तिक २०८३ · 👁 70 पटक पढिएको
1Shares
f
बहुदरमाईमा हाम्रो युवा क्लबद्वारा आयोजित रक्तदानमा ३० जनाभन्दा बढी सहभागी  ​

बहुदरमाईमा हाम्रो युवा क्लबद्वारा आयोजित रक्तदानमा ३० जनाभन्दा बढी सहभागी

​

​पर्सा/बहुदरमाई ।


पर्सा जिल्लाको बहुदरमाई नगरपालिका–७, फुलकौलमा ‘हाम्रो युवा क्लब’को आयोजनामा रक्तदान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।


​‘रक्तदान जीवनदान’ भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रममा ३० जनाभन्दा बढी स्थानीय युवा तथा सर्वसाधारणले स्वेच्छाले रक्तदान गरेका छन्।

​मानव सेवा, सामाजिक उत्तरदायित्व र आपसी सहयोगको भावनालाई उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको क्लबले जनाएको छ। कार्यक्रममा संकलित रगतले आपत्कालीन अवस्थामा रहेका बिरामीहरूको जीवन रक्षामा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।


​हाम्रो युवा क्लबले ‘मानव सेवा नै सर्वोत्तम सेवा’ भन्ने भावनाका साथ आगामी दिनहरूमा पनि यस्तै सामाजिक तथा मानवीय कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। साथै, रक्तदानजस्तो पवित्र कार्यमा सहभागी भई अमूल्य योगदान पुर्‍याउने सम्पूर्ण रक्तदाता, स्वयंसेवक, प्राविधिक टोली तथा सहयोगीहरूलाई क्लबका तर्फबाट हार्दिक धन्यवाद व्यक्त गरिएको छ।

सम्बन्धित समाचार

नेतन्याहुको सत्ता संकटमा, कुर्सी गुम्ने सम्भावना बढ्यो !
काठमाडौंमा कुखुराको मासु किन्दा अब प्रतिकेजी ३५० रुपैयाँ मात्र तिर्नुहोस्!
धरानमा हवाई फायर गरी २ सय ९ किलो गाँजासहित पाँच जना पक्राउ
काँग्रेस ‘२.o’ को आवरणमा १८ करोडको वि*वाद ! गगनमाथि अमरेशको प्र*हार: ‘जनतालाई भाषण होइन, हिसाब चाहियो !’