टेस्टमा त्रिपशतक, एकदिवसीयमा द्विशशतक र टी-२० मा शतक: यो दुर्लभ उपलब्धि हासिल गर्ने विश्वका दुई मात्र ब्याटर
इङ्ग्ल्यान्डका युवा तथा विस्फोटक ब्याटर ह्यारी ब्रुकले अन्तर्राष्ट्रिय क्रिकेटमा एक ऐतिहासिक माइलस्टोन हात पार्दै आफ्नो नाम विशेष खेलाडीहरूको सूचीमा लेखाएका छन्। हालै श्रीलंकाविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै उनले एकदिवसीय क्रिकेटमा सनसनीपूर्ण दोहोरो शतक प्रहार गरेका थिए। यससँगै उनी पुरुष एकदिवसीय क्रिकेटमा द्विशशतक प्रहार गर्ने पहिलो इङ्ग्लिस ब्याटरसमेत बनेका छन्।
यो उत्कृष्ट उपलब्धिपछि ब्रुकले क्रिकेट इतिहासमा एक दुर्लभ कीर्तिमान आफ्नो नाममा गरेका छन्। उनी टेस्ट क्रिकेटमा त्रिपशतक (Triple Century), एकदिवसीय (ODI) क्रिकेटमा द्विशशतक (Double Century) र टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा शतक (Century) प्रहार गर्ने विश्वकै दोस्रो ब्याटर बन्न सफल भएका छन्। यसअघि यो अद्वितीय उपलब्धि वेस्ट इन्डिजका दिग्गज ब्याटर क्रिस गेलको नाममा मात्र सीमित रहेको थियो।
ह्यारी ब्रुकको यो शानदार प्रदर्शनले उनलाई आधुनिक क्रिकेटका अत्यन्त प्रभावशाली र आक्रामक ब्याटरहरूको पङ्क्तिमा उभ्याएको छ। क्रिकेटका सबै प्रारूपहरूमा विष्फोटक ब्याटिङ गर्दै ठूला इनिङ्स खेल्ने उनको क्षमताले अन्तर्राष्ट्रिय क्रिकेट वृत्तमा ठूलो चर्चा बटुलिरहेको छ।




