सशस्त्र प्रहरीद्वारा बारामा ९ लाख १० हजार मूल्यको अवैध सामान बरामद, एक भारतीय नागरिक पक्राउ
२९ असोज २०८३ · 👁 156 पटक पढिएको
बारा जिल्लाको सीमा क्षेत्रमा सशस्त्र प्रहरीले गरेको विशेष चेकजाँच तथा निगरानीका क्रममा भन्सार छली गरी ल्याइएका करिब ९ लाख १० हजार रुपैयाँ मूल्यका विभिन्न अवैध सामानहरू बरामद गरिएको छ।
सोही अवैध सामान बरामद-ओसारपसार प्रकरणमा संलग्न एक जना भारतीय नागरिकलाई समेत सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।
सीमा क्षेत्रमा हुने अवैध कारोबार, चोरीपैठारी र राजस्व चुहावट नियन्त्रण गर्न सशस्त्र प्रहरी बल नेपालले आफ्नो सुरक्षा जाँच तथा निगरानीलाई थप कडा पारिरहेको जनाएको छ। बरामद गरिएका सामान र पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको छ
सोही अवैध सामान बरामद-ओसारपसार प्रकरणमा संलग्न एक जना भारतीय नागरिकलाई समेत सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।




