The Highlights Nepal
THE HIGHLIGHTS NEPALद हाइलाइट्स नेपाल
· काठमाडौं 21°C
ब्रेकिङ
काठमाडौंमा कुखुराको मासु किन्दा अब प्रतिकेजी ३५० रुपैयाँ मात्र तिर्नुहोस्!  •  काँग्रेस ‘२.o’ को आवरणमा १८ करोडको वि*वाद ! गगनमाथि अमरेशको प्र*हार: ‘जनतालाई भाषण होइन, हिसाब चाहियो !’  •  रुपल जैसवार राष्ट्रिय बजरंग दलको पर्सा जिल्ला अध्यक्षमा नियुक्त  •  हिन्दू स्वयंसेवक संघ नेपालको आयोजनामा सञ्चालित ७ दिने आवासीय प्राथमिक शिक्षा वर्ग २०८३ को समापन कार्यक्रम वीरगन्जमा भव्य रूपमा सम्पन्न भएको छ ।  •  अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादले सखुवाप्रसौनीमा तलब संकट, शिक्षकदेखि कर्मचारीसम्म दसैँमा पारिश्रमिकविहीन  • 
विज्ञापन2
राष्ट्रिय राजनीति

बिन्दबासिनीमा लागुऔषध नियन्त्रणलाई मुख्य एजेन्डा बनाउँदै सुनिता चौरसिया मैदानमा, ५ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक

२९ असोज २०८३ · 👁 53 पटक पढिएको
1Shares
f
बिन्दबासिनीमा लागुऔषध नियन्त्रणलाई मुख्य एजेन्डा बनाउँदै सुनिता चौरसिया मैदानमा, ५ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक

बिन्दबासिनीमा लागुऔषध नियन्त्रणलाई मुख्य एजेन्डा बनाउँदै सुनिता चौरसिया मैदानमा, ५ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक

​बिन्दबासिनी (पर्सा) ।

पर्साको बिन्दबासिनी गाउँपालिकालाई पूर्ण रूपमा लागुऔषधमुक्त बनाउने कडा संकल्पसहित उपाध्यक्ष पदकी उम्मेदवार सुनिता चौरसिया चुनावी मैदानमा उत्रिएकी छन्। गाउँपालिकामा बढ्दो लागुऔषध दुर्व्यसन, प्रशासनिक ढिलासुस्ती र बेथितिविरुद्ध आक्रामक रणनीति अघि सार्दै उनले आफ्नो ५ बुँदे विकास तथा समृद्धिको प्रतिबद्धता पत्र सार्वजनिक गरेकी हुन्।

​सरकारी स्तरबाट पर्याप्त ध्यान नपुगेको र युवा पुस्ता कुलतमा फस्दै गएको भन्दै चौरसियाले ‘लागुऔषध नियन्त्रण’ लाई आफ्नो पहिलो र सर्वोपरि प्राथमिकतामा राखेकी छन्।

​प्रतिबद्धता पत्रका ५ मुख्य एजेन्डा:

​लागुऔषधमुक्त बिन्दबासिनी (पहिलो प्राथमिकता): बिन्दबासिनी गाउँपालिकालाई पूर्ण रूपमा "लागुऔषधमुक्त क्षेत्र" घोषणा गर्दै युवा पुस्तालाई दुर्व्यसनबाट जोगाएर अनुशासित र सुरक्षित समाज निर्माण गरिने।

​भ्रष्टाचारमुक्त र प्रविधिमैत्री प्रशासन: झन्झटमुक्त, छिटो-छरितो र प्रविधिमैत्री जनसेवा सञ्चालन गरी स्थानीय सरकारको वास्तविक अनुभूति गराइने।

​महिला सशक्तीकरण र रोजगारी: विभिन्न सीपमूलक तथा व्यावसायिक तालिम सञ्चालन गरी महिलाहरूलाई आर्थिक रूपमा पूर्ण आत्मनिर्भर बनाइने।

​शिक्षा र स्वास्थ्यमा क्रान्ति: सरकारी विद्यालयहरूको भौतिक तथा शैक्षिक सुधार गरी निजी सरह प्रतिस्पर्धी बनाइने र विपन्न नागरिकका लागि सुलभ स्वास्थ्य सेवाको ग्यारेन्टी गरिने।

​युवा पलायन रोक्ने र खेलकुद विकास: स्थानीयस्तरमै उद्यमशीलता र रोजगारीका नयाँ अवसर सिर्जना गरी युवा पलायन रोकिने तथा खेलकुद पूर्वाधारको विकास गरिने।

सम्बन्धित समाचार

नेतन्याहुको सत्ता संकटमा, कुर्सी गुम्ने सम्भावना बढ्यो !
काठमाडौंमा कुखुराको मासु किन्दा अब प्रतिकेजी ३५० रुपैयाँ मात्र तिर्नुहोस्!
धरानमा हवाई फायर गरी २ सय ९ किलो गाँजासहित पाँच जना पक्राउ
काँग्रेस ‘२.o’ को आवरणमा १८ करोडको वि*वाद ! गगनमाथि अमरेशको प्र*हार: ‘जनतालाई भाषण होइन, हिसाब चाहियो !’