The Highlights Nepal
THE HIGHLIGHTS NEPALद हाइलाइट्स नेपाल
· काठमाडौं 21°C
ब्रेकिङ
काठमाडौंमा कुखुराको मासु किन्दा अब प्रतिकेजी ३५० रुपैयाँ मात्र तिर्नुहोस्!  •  काँग्रेस ‘२.o’ को आवरणमा १८ करोडको वि*वाद ! गगनमाथि अमरेशको प्र*हार: ‘जनतालाई भाषण होइन, हिसाब चाहियो !’  •  रुपल जैसवार राष्ट्रिय बजरंग दलको पर्सा जिल्ला अध्यक्षमा नियुक्त  •  हिन्दू स्वयंसेवक संघ नेपालको आयोजनामा सञ्चालित ७ दिने आवासीय प्राथमिक शिक्षा वर्ग २०८३ को समापन कार्यक्रम वीरगन्जमा भव्य रूपमा सम्पन्न भएको छ ।  •  अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादले सखुवाप्रसौनीमा तलब संकट, शिक्षकदेखि कर्मचारीसम्म दसैँमा पारिश्रमिकविहीन  • 
विज्ञापन2
राष्ट्रिय राजनीति

'म माथि निर्मम छानबिन गरियोस्, दोषी ठहरिए सांसद पद छाड्न तयार छु' — खगेन्द्र सुनार

२८ असोज २०८३ · 👁 44 पटक पढिएको
1Shares
f
'म माथि निर्मम छानबिन गरियोस्, दोषी ठहरिए सांसद पद छाड्न तयार छु' — खगेन्द्र सुनार

'म माथि निर्मम छानबिन गरियोस्, दोषी ठहरिए सांसद पद छाड्न तयार छु' — खगेन्द्र सुनार

बिरगंज— आफूमाथि उठेका विभिन्न आरोप र विवादहरूबारे सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया दिँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य तथा सांसद खगेन्द्र सुनारले आफू जुनसुकै निर्मम छानबिनका लागि तयार रहेको बताएका छन्।

छानबिनका क्रममा दोषी ठहरिए प्रतिनिधि सभा सदस्य (सांसद) र पार्टीको केन्द्रीय सदस्य पदबाट बर्खास्त गरिए पनि आफूलाई स्वीकार्य हुने उनले स्पष्ट पारेका छन्।
आफू र आफ्ना कुनै पनि गतिविधि वा कुकर्मका लागि पार्टी, सरकार वा शुभचिन्तकहरूले शिर झुकाउनु नपर्ने उल्लेख गर्दै सुनारले राज्यका सबै अनुसन्धान निकायलाई छानबिनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

छानबिन र पद त्याग्ने प्रतिबद्धता

आफूमाथि निष्पक्ष र निर्मम छानबिन हुनुपर्ने माग गर्दै सुनारले आरोप प्रमाणित भए कानुनबमोजिम जस्तोसुकै सजाय भोग्न तयार रहेको घोषणा गरेका छन्। छानबिनका क्रममा आवश्यक परे सांसद र पार्टीको केन्द्रीय सदस्य पदबाट निलम्बन वा बर्खास्त गर्दा पनि पार्टी र सरकार पछि हट्न नपर्ने उनको धारणा छ।

मिडिया ट्रायल र चरित्र हत्याको विरोध

राजनीतिक तथा सामाजिक रूपमा सक्रिय एक महिलालाई जोडेर गरिएको मिडिया ट्रायल, अतिरञ्जित प्रचार, तथा भ्रामक फोटो, अडियो र भिडियो जोडेर गरिएको टिका-टिप्पणीप्रति उनले गम्भीर आपत्ति जनाएका छन्। काल्पनिक विषयलाई लिएर महिलाको चरित्र हत्या गर्ने प्रयास भइरहेको उनको दाबी छ।

प्रहरी र CIB माथि गम्भीर आरोप

प्रहरी प्रधान कार्यालय र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले सम्बन्धित महिलालाई बारम्बार भेट्न बोलाएर मुद्दा हाल्न दबाब दिएको सुनारको आरोप छ। उनका अनुसार ती महिलाले मुद्दा हाल्न अस्वीकार गरेपछि "तिमीहरू दुवैलाई एकै झट्कामा सक्काउँछौँ" भन्दै धम्की दिइएको र सोही घटनाक्रमपछि यस्ता अतिरञ्जित समाचारहरू फैलाइएको हो।

महिलामाथिको आक्रमण अस्वीकार्य

आफूमाथि जस्तोसुकै कानुनी वा राजनीतिक अनुसन्धान स्वीकार्य भए पनि एक निर्दोष महिलामाथि राज्य, मिडिया र समाजबाट भएको दुर्व्यवहार र सामाजिक आक्रमण गलत र आपत्तिको विषय रहेको उनले ठहर गरेका छन्। आफूमाथि उठेका प्रत्येक आरोपको सत्य-तथ्य छानबिन गरी दूधको दूध, पानीको पानी छुट्याउन उनले सम्बन्धित निकायसँग माग गरेका छन्।

सम्बन्धित समाचार

नेतन्याहुको सत्ता संकटमा, कुर्सी गुम्ने सम्भावना बढ्यो !
काठमाडौंमा कुखुराको मासु किन्दा अब प्रतिकेजी ३५० रुपैयाँ मात्र तिर्नुहोस्!
धरानमा हवाई फायर गरी २ सय ९ किलो गाँजासहित पाँच जना पक्राउ
काँग्रेस ‘२.o’ को आवरणमा १८ करोडको वि*वाद ! गगनमाथि अमरेशको प्र*हार: ‘जनतालाई भाषण होइन, हिसाब चाहियो !’