रास्वपाद्वारा उम्मेदवार छनोट रूपरेखा २०८३ जारी: अब प्राइमेरी जितेर परीक्षा पनि पास गर्नुपर्ने
२८ असोज २०८३ · 👁 63 पटक पढिएको
रास्वपाद्वारा उम्मेदवार छनोट रूपरेखा २०८३ जारी: अब प्राइमेरी जितेर परीक्षा पनि पास गर्नुपर्ने
बिरगंज २८ असोज ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको आवधिक तथा उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियालाई पारदर्शी, वैज्ञानिक र विधिमा आधारित बनाउन ‘स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३’ जारी गरेको छ। पार्टी विधानको धारा ६३ (२) र धारा ८३ (१) बमोजिम केन्द्रीय समितिबाट स्वीकृत उक्त रूपरेखाले परम्परागत दलहरूमा व्याप्त नातावाद, चाकडी र पहुँचका आधारमा टिकेट बाँड्ने परिपाटीलाई निरुत्साहित गर्ने लक्ष्य राखेको छ।
स्थानीय तहका कुल ३५ हजार २२१ पदहरू (प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्य) का लागि उम्मेदवार बन्न चाहने आकांक्षीहरूले चार तहको वैज्ञानिक मूल्याङ्कन प्रणाली पार गर्नुपर्नेछ।
उम्मेदवार मूल्याङ्कनका ४ मुख्य आधार (१०० अङ्क)
१. प्रारम्भिक निर्वाचन (प्राइमेरी) – ४०% भाराङ्क:
पार्टीका सदस्यहरूले मतदान गरी उम्मेदवार चयन गर्नेछन्। यसमा सक्रिय मतदाता मण्डल (७०%), मध्यवर्ती साङ्गठनिक मण्डल (२०%) र विशिष्ट मतदाता मण्डल (१०%) गरी मतभार विभाजन गरिएको छ। उम्मेदवार मन नपरेमा ‘नोटा’ (None of the Above) को विकल्प रहनेछ। नोटाले सर्वाधिक मत पाएमा नयाँ प्रक्रिया सुरु गरिनेछ।
२. लिडरसिप एकेडेमी र परीक्षा – २५% भाराङ्क:
‘क्यान्डिडेट क्लब’ मा दर्ता भएका आकांक्षीहरूले स्थानीय शासन, संविधान, सार्वजनिक वित्त, प्रविधि र कानुनसम्बन्धी मोड्युलमा अनिवार्य प्रशिक्षण लिई परीक्षा उत्तीर्ण गर्नुपर्नेछ। परीक्षामा अनुत्तीर्ण हुनेहरू स्वतः उम्मेदवार चयन प्रक्रियाबाट बाहिरिनेछन्।
३. पोलिटिकल प्रोक्सिमिटी – २५% भाराङ्क:
साङ्गठनिक अनुशासन, विगतको योगदान, सार्वजनिक आचरण, जनसम्बन्ध र चुनाव जित्न सक्ने तथ्याङ्कीय सम्भाव्यता (विनिङ प्रोब्याबिलिटी) का आधारमा मूल्याङ्कन गरिनेछ। स्वार्थको द्वन्द्व रोक्न आफू उम्मेदवार बन्न चाहेको तहका समिति सदस्य मूल्याङ्कन समितिमा बस्न पाउने छैनन्।
४. बहुआयामिक समावेशिता – १०% भाराङ्क:
महिला, युवा (४० वर्षमुनि), दलित, जनजाति, मधेसी, थारू, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, वैदेशिक रोजगारीबाट फर्केका उद्यमी र दुर्गम क्षेत्रका व्यक्तिहरूलाई प्राथमिकता दिँदै १० अङ्कसम्मको स्वचालित अङ्क प्रणाली मिलाइएको छ। तर, पूर्ववत् रूपमा उच्च राजनीतिक वा संवैधानिक लाभको पद भोग गरिसकेकाहरूले यो सुविधा पाउने छैनन्।
कुलिङ पिरियड र योग्यता
कूलिङ पिरियड:
प्रमुख/उपप्रमुख/वडाध्यक्ष: पहिलोपटक कुनै दलमा आबद्ध भएकाका लागि कम्तीमा ४५ दिन र अन्य दल छाडेर आएकाहरूका लागि कम्तीमा ९० दिनको पार्टी सदस्यता अवधि पूरा भएको हुनुपर्नेछ।
वडा सदस्य: नयाँका लागि ३ दिन र अन्य दलबाट आएकाका लागि ७ दिन तोकिएको छ।
ल्याटरल इन्ट्री: प्रतिष्ठित, विज्ञ वा विशेष क्षमता भएका गैर-राजनीतिक व्यक्तिहरूका लागि माथिल्लो समितिको लिखित सहमतिमा कुलिङ पिरियडमा छुट दिन सकिनेछ। तर, उनीहरूका लागि पनि लिडरसिप एकेडेमी र परीक्षा अनिवार्य रहनेछ।
नैतिक शुद्धता: मिटरब्याज, सहकारी अपचलन, साइबर बुलिङ वा हिंसामा संलग्न नरहेको स्वघोषणा अनिवार्य गरिएको छ।
प्रविधिको प्रयोग र कडा आचारसंहिता
ब्लाइन्ड भोटिङ प्रणाली: प्रारम्भिक निर्वाचनको मतदान नसकिउन्जेल लिडरसिप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटी र समावेशिताको अङ्क डिजिटल रूपमा ‘लक’ र गोप्य राखिनेछ, जसले मतदातामा कुनै मनोवैज्ञानिक प्रभाव पर्न नदिने विश्वास लिइएको छ।
शून्य सहनशीलता: उम्मेदवारीका लागि आर्थिक लेनदेन, गुटबन्दी, सामाजिक सञ्जालमा चरित्र हत्या वा धाँधलीमा संलग्न भएमा साधारण सदस्यता नै खारेज गरी कानुनी कारबाहीका लागि पठाइनेछ।
यो रूपरेखा देशैभर एकरूपताका साथ लागू गराउन २१ सदस्यीय ‘उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समिति’ गठन गरिनेछ, जसमा कम्तीमा ३३ प्रतिशत महिला र ३३ प्रतिशत युवाको प्रतिनिधित्व रहने रास्वपाले जनाएको छ।